मुख्य समाचार
बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका |

२१ हजार नाघ्यो डेंगी संक्रमितको संख्या

देश प्रदेश डेस्क 5496+ समाचार ( )
१६ भाद्र २०८०, शनिबार

झापा ।

नेपालमा डेंगी संक्रमण बढिरहेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म डेंगी संक्रमण २१ हजार दुई सय ६ जनामा पुष्टि भएको छ। 

महाशाखाले भदौ र असोजमा डेंगी संक्रमण उच्च हुने प्रक्षेपण गरेको थियो। संक्रमणबाट १३ जनाको निधन भएको छ।

महाशाखाका निर्देशक डा. रूद्रप्रसाद मरासनीले पानी परिरहेकाले डेंगी संक्रमण दैनिक रूपमा बढेको बताए।

नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेंगी देखिएको थियो। सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा संक्रमण र ८८ जनाको मृत्यु भएको थियो।

महाशाखाका अनुसार सुनसरीमा ११ हजार छ सय ५९ जनामा डेंगी संक्रमण देखिएको छ।

सुनसरीपछि मोरङमा दुई हजार दुई सय ४२, धादिङमा दुई हजार एक सय एक, झापामा एक हजार तीन सय २३, काठमाडौंमा चार सय २७, धनकुटामा तीन सय ३६, संखुवासभामा दुई सय ७२, कास्कीमा दुई सय ६०, दार्चुलामा एक सय ९४ र ललितपुरमा एक सय ७४ जना डेंगीका बिरामी भेटिएका छन्।

डेंगी पानी जम्ने सफा ठाउँमा 'एडिज एजिप्टी र एडिस एल्बोपिक्टस' प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुल लार्भा निस्कन्छ। त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगी रोग लाग्छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार