मुख्य समाचार
वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी | कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी |

एनपिएलमा आज काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै

देश प्रदेश डेस्क 5301+ समाचार ( )
४ मंगशिर २०८२, बुधवार

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै छन्।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अपराह्न ४ बजे काठमाडौं र सुदूरपश्चिम आमनेसामने हुन लागेका हुन्।

प्रतियोगितामा काठमाडौंले एक खेल जितिसकेको छ भने सुदूरपश्चिमको पहिलो खेल हो।

काठमाडौंले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो।

दोस्रो खेल पहिलो संस्करणको उपविजेतासँग खेल्न लागेको हो।

काठमाडौंको कप्तानी करण केसीले सम्हालेका छन्।

टिममा उनीसँगै मोहम्मद आदिल आलम, शाहब आलम, बेन चार्ल्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, उत्तम मगर (विकेटकिपर), सन्नी पटेल, भीम शर्की, जोन सिम्पसन (विकेटकिपर), प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुल बहादुर थापा, रिकार्डो भास्कोनसेलोस (विकेटकिपर),सन्तोष यादव र सोनु देवकोटा समावेश छन्।

काठमाडौंको प्रशिक्षकमा नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक मोन्टी देशाई छन्।

 सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्र सिह ऐरीले गर्नेछन्। यस टोलीमा दीपेन्द्र सिंह ऐरी (कप्तान), विनोद भण्डारी (विकेटकिपर), अविनाश बोहरा, दीपक बोहरा (विकेटकिपर), मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, हिम्मत महरा, ईशान पाण्डे, टेक रावत (विकेटकिपर), नरेन साउद, हर्मीत सिंह, आरिफ शेख र दीपेन्द्र थापा (विकेटकिपर) रहेका छन्।

सुदूरपश्चिमो प्रशिक्षक जगत टमाटा छन्।

अपराह्न ४ बजेपछि खेल हुने भएकाले दोस्रो इनिङ फ्लडलाइटमा हुनेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार