मुख्य समाचार
किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस |

एसईई नतिजामा ठूलो गडबडी : ५ प्रतिशतभन्दा बढी विद्यार्थीको अंक फेरियो

भेषराज नेपाल 153+ समाचार ( )
२९ जेठ २०८३, शुक्रबार

झापा / माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनमा गम्भीर त्रुटि भएको तथ्य सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले पुनर्योग (रिटोटलिङ/पुनः परीक्षण) का लागि आवेदन दिएका विद्यार्थीहरूको नतिजा पुनः जाँच गर्दा ५ प्रतिशतभन्दा बढी विद्यार्थीको प्राप्ताङ्क परिवर्तन भएको पाइएको हो।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा चित्त नबुझाएर ३३ हजार ८ सय ५१ विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए । शिक्षक र बोर्डको लापरबाहीका कारण ५ प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजा परिवर्तन भएको पाइएको छ । विद्यार्थीले ५ सय शुल्क बुझाएर पुनर्योगका लागि अनलाइन आवेदन दिएका थिए । नतिजामा सुधार भएका विद्यार्थीमध्ये अधिकांशको उत्तरपुस्तिकामा शिक्षकले प्राप्ताङ जोड्न नै गडबड गरेका पाइएको छ ।

बोर्डका अनुसार नतिजाप्रति असन्तुष्ट भई हजारौँ विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए। पुनः परीक्षणको क्रममा सयौँ विद्यार्थीको अंक तथा ग्रेड परिवर्तन भएको भेटिएपछि शिक्षकहरूको मूल्याङ्कन प्रक्रिया र बोर्डको नतिजा व्यवस्थापन प्रणालीमाथि प्रश्न उठेको छ।

यसअघि सार्वजनिक विवरणअनुसार कतिपय विद्यार्थीले प्राप्त गरेको वास्तविक अंक कम्प्युटर प्रणालीमा प्रविष्ट गर्दा त्रुटि भएको पाइएको थियो। केही विद्यार्थीको उच्च अंक कम देखिएको तथा अंक उल्टो प्रविष्ट गरिएका घटनासमेत फेला परेको बोर्डले स्वीकार गरेको थियो।

शिक्षा क्षेत्रका जानकारहरूले यस्तो त्रुटिले विद्यार्थीको भविष्यमा प्रत्यक्ष असर पार्ने भएकाले मूल्याङ्कन र नतिजा प्रकाशन प्रक्रियालाई अझ पारदर्शी र विश्वसनीय बनाउनुपर्ने बताएका छन्। पुनर्योगपछि ठूलो संख्यामा विद्यार्थीको नतिजा परिवर्तन हुनु शिक्षकको लापरबाही, अंक प्रविष्टिमा कमजोरी तथा बोर्डको अनुगमन प्रणाली कमजोर रहेको संकेत भएको उनीहरूको भनाइ छ।

विद्यार्थी र अभिभावकहरूले पनि बोर्डसँग उत्तरपुस्तिका परीक्षण र अंक प्रविष्टि प्रक्रियामा सुधार गर्दै यस्ता त्रुटि दोहोरिन नदिने व्यवस्था गर्न माग गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार