मुख्य समाचार
एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी |

इलाका प्रहरी कार्यालय बिर्तामोडका एकजना थुनुवा हतकडी फुस्काई फरार

देश प्रदेश डेस्क 5492+ समाचार ( )
५ भाद्र २०८१, बुधवार

झापा । इलाका प्रहरी कार्यालय बिर्तामोडका एकजना थुनुवा हतकडी फुस्काई फरार भएका छन् ।

हिजो दिउँसो ४ बजे पेट दुख्ने बिरामी भई बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा बेड भर्ना भई उपचार भइरहेका दमक नगरपालिका वडा न.३ भुटानी शरणार्थी सेक्टर जी थ्री भई हाल न.१ मा डेरा गरी बस्ने २५ वर्षीय बिशाल राई हतकडी फुस्काई फरार भएका हुन् ।

लागूऔषध मुद्धामा पक्राउ परेका राईको सुरक्षामा प्रहरी हवल्दार बमबहादुर राई खटिएका थिए । घटनाको जानकारी गराउनासाथ इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टको कमाण्डमा खोजतलास भइरहेको जनाइएको छ ।

भदौ २ गते राति अन्दाजी ९.३० बजे बिर्तामोड नगरपालिका वडा नम्बर १ पश्चिम बसस्टेन्डमा शंकास्पद अवस्थामा हिडडुल गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले राईलाई चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकसहित १ ग्राम ४४ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा राखी ५ दिन म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार