मुख्य समाचार
झापातर्फ आउँदै गरेको ट्रक दुर्घटना ,चालक सकुशल | आज राष्ट्रिय धान दिवस | श्रमिक उडाएर पन्छिने दिन सकिए: म्यानपावरले अनिवार्य अनुगमन गर्नैपर्ने | १८ वर्षीया युवतीमाथि बिर्तामोडमा बलात्कारको आरोप, एक पक्राउ | तामझामका साथ २३औँ धान दिवस मनाइँदै, तर 'मानो रोपेर मुरी फलाउने' देश अझै आयातको भरमा | मेची राजमार्गमा ठाउँ–ठाउँमा पहिरो, यातायात अवरुद्ध | मोरङ कारागारका कैदीबन्दीको साढे १३ लाख भत्ता गायब, गुन्डा नाइके अभिषेक गिरी पक्राउ | दुर्गा प्रसाईले झापामा ल्याए धवल शम्सेर राणालाई | कांग्रेस नेता अभिषेक गिरी पक्राउ | रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी |

उपसभामुखलाई पदमुक्त गर्न सत्तापक्षको कसरत

देश प्रदेश डेस्क 5250+ समाचार ( )
४ भाद्र २०८२, बुधवार

सत्तारूढ कांग्रेस र एमाले साढे दुई वर्ष पुरानो अमेरिकी भिसा प्रकरण ब्युँताउँदै उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन एकाएक सक्रिय भएका छन् । पदअनुकूल आचरण नगरेको भन्दै रानाविरुद्ध प्रस्ताव दर्ता प्रयोजनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको सहमतिमा दुवै दलले मंगलबार आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरेका छन् । 

न्युयोर्कमा २२ फागुन–३ चैत २०७९ मा आयोजित संयुक्त राष्ट्रसंघको संयन्त्र ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा भाग लिन जाने बेला १४ फागुन २०७९ मा आफू र असम्बन्धित अन्य पाँच जनाको भिसा अन्तर्वार्ताको मिति अगाडि सारिदिन अनुरोध गर्दै उपसभामुखको ‘लेटरहेड’ मा इन्दिरा रानाले अमेरिकी दूतावासलाई पत्र लेखेको विषयलाई अहिले सत्तारूढ दल कांग्रेस र एमालेले उठाएका हुन् ।

कतिपयसँग अग्रिम पैसा असुलिएको थियो । उपसभामुखको लेटरप्याडमै पत्र लेखेर राष्ट्रसंघीय निकायको कार्यक्रममा जाने भनिएकाहरूमध्ये उपेन्द्र गौतम झापा अर्जुनधारा–६ का बासिन्दा हुन् । पूर्वसैनिक गौतम रास्वपाका शुभेच्छुक रहेको पार्टीका जिल्ला सभापति उमेश खरेलले गत वर्ष नै पुष्टि गरेका थिए । त्यस्तै सुनसरी धरानकी सुष्मा लामा ‘रेडियोलोजिस्ट’ हुन् भने उनीसँग अमेरिका जाने योजनामा रहेका राजेश लामा काठमाडौंका घरजग्गा कारोबारी हुन् । त्यस्तै म्याग्दीका धनप्रसाद गुरुङ पर्वतको कुश्मामा बस र माइक्रोबसको टिकट काउन्टरका कर्मचारी हुन् । सल्यानको कालीमाटी–२ निवासी सुजन घर्तीमगर केही वर्षअघिसम्म स्थानीय विद्यालयमा शिक्षण गर्थे, विदेश जाने भनेर दाङको तुलसीपुर झरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार