मुख्य समाचार
कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता | कोशी प्रदेशमा ४२ वटा हिमताल उच्च जोखिममा | आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइँदै | रसुवा बाढि पछिल्लाे अपडेटः मृतक ३५९ पुगे, ९१० अझै सम्पर्कविहीन; सरकारको उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन |

झापामा पहिलो पटक २० जना विद्यार्थीहरुलाइ कफी बनाउने तालिम

देश प्रदेश डेस्क 5406+ समाचार ( )
२४ आषाढ २०८३, बुधवार

झापा विद्यार्थीहरुलाइ अध्ययनसँगै उद्यमशील तर्फ लैजाने उद्देश्य राखेर झापामा नै पहिलो पटक २० जना विद्यार्थीहरुलाइ कफी बनाउने तालिम( वारिष्टा) सञ्चालन गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ झापाको आयोजना तथा प्राविधिक शिक्षालयको सहयोगमा एकमहिने तालिम सञ्चालन गरिएको हो ।

तालिममा जिल्लाको मेचीनगरपालिका अन्र्तगत माध्यमिक तहका धुलाबारी ,कविशिरोमणि र काँकडभिट्टाका २० जना छात्रछात्रा सहभागि भएको शिक्षा विकास तथा समन्वय इकाइ झापाकी प्राविधिक सहायक कृष्टिना न्यौपानेले जानकारी दिइन् । विद्यार्थी उद्यमशील विकास कार्यक्रम अन्र्तगत सञ्चालन गरिएको तालिममा निरज श्रेष्ठले प्रशिक्षण दिएको उनले जनाइन् ।  तालिममा विद्यार्थीहरुले कफी वनाएर  अतिथिहरुलाइ समेत वितरण गरेको उनले जनाइन् । सञ्चालित तालिमको मंगलबार समापन गरिएको उनले जानकारी दिइन् ।

विषेश गरी कक्षा ९ र १० का छात्रछात्रा सहभागि भएको धुलाबारी माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र विलास लुईटेलले बताए । तालिमको समय अझै कम भएपनि विद्यार्थीले आधारभूत ज्ञान लिएको प्रतिकृया दिए । पढ्दै कमाउँदै गर्ने बाटो यो तालिमले देखाएको उनको भनाइ छ । विद्यालयबाट सहभागि विद्यार्थीले तालिम लिने अवसर पाएकोमा खुशी व्यक्त गरेको उनले विद्यार्थीलाइ उदृत गर्दै जानकारी दिए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार