मुख्य समाचार
लक्ष्मी राजवंशी हत्या प्रकरणः सन्जु तामाङविरुद्ध अभियोग दर्ता, दुई रिहा | बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो |

हल्दीबारीमा घर जलेर नष्ट हुँदा १२ लाखकाे क्षति

देश प्रदेश डेस्क 5497+ समाचार ( )
७ अशोज २०८१, सोमबार

झापा । झापाको हल्दिवारीमा एक घर जलेर नष्ट हुँदा १२ लाख मूल्य बराबरकाे क्षति भएको छ ।

  गए राति अन्दाजी १ः३० बजेको समयमा हल्दिबारी–३ रमाईलो चोक निवासी ताराबल्लब गिरीको काठको घरमा भएको आगलागीबाट घर पूर्र्ण रुपले जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।  जिल्लाका डिएसपी कृष्ण कुमार चन्दका अनुसार घरमा भएको अन्नपात, लताकपडा, फर्निचरलगायत नष्ट भएको छ भने ९ वटा खसी बाख्रा जलेर मरेका छन् । त्यस्तै एउटा बाच्छो घाइते भएको छ ।

भद्रपुर र मेचीनगरबाट आएका दमकल, स्थानीयवासी र प्रहरीको सहयोगमा बिहान ४ बजे आगो नियन्त्रणमा आएको थियो ।आगलागीबाट करिब १२ लाख बराबरको क्षति भएको बताइएको छ । आगलागीको कारण थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार