मुख्य समाचार
मध्यरातकाे झडपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु | एमबीएस प्रश्नपत्र लिक प्रकरण: मुख्य आरोपी सन्दिप सिंहसहित दुई जना पक्राउ | अरुण तेस्रोको बाँध ८० प्रतिशत बन्यो, जग्गा विवादले प्रसारण लाइन अवरुद्ध | त्रिवि एमबीएस प्रश्नपत्र आउट प्रकरण: दुई जना पक्राउ, छानबिन तीव्र | पर्साको आँप बगैँचाबाट १४० किलो गाँजा बरामद, कारोबारी फरार | असफल वाम एकताको चक्रव्यूहमा नेपाली कम्युनिस्ट: जुट्दै फुट्दै ७६ वर्ष | सत्ताको लालचमा वाम एकता: आदर्शको मलामी र अवसरवादको नयाँ संस्करण | काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित २ जना पक्राउ | खुकुरी र छुरी बोकेर आक्रमणको प्रयास गर्ने चार जना पक्राउ | भाइरल भिडियोले फेरियो तीन बालिकाको भविष्य |
मुख्य समाचार
मध्यरातकाे झडपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु | एमबीएस प्रश्नपत्र लिक प्रकरण: मुख्य आरोपी सन्दिप सिंहसहित दुई जना पक्राउ | अरुण तेस्रोको बाँध ८० प्रतिशत बन्यो, जग्गा विवादले प्रसारण लाइन अवरुद्ध | त्रिवि एमबीएस प्रश्नपत्र आउट प्रकरण: दुई जना पक्राउ, छानबिन तीव्र | पर्साको आँप बगैँचाबाट १४० किलो गाँजा बरामद, कारोबारी फरार | असफल वाम एकताको चक्रव्यूहमा नेपाली कम्युनिस्ट: जुट्दै फुट्दै ७६ वर्ष | सत्ताको लालचमा वाम एकता: आदर्शको मलामी र अवसरवादको नयाँ संस्करण | काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित २ जना पक्राउ | खुकुरी र छुरी बोकेर आक्रमणको प्रयास गर्ने चार जना पक्राउ | भाइरल भिडियोले फेरियो तीन बालिकाको भविष्य |


मध्यरातकाे झडपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु

देश प्रदेश डेस्क 5327+ समाचार ( )
११ श्रावण २०८३, सोमबार

झापा / सुनसरीको हरिनगरदेवानगञ्ज क्षेत्रमा दुई समुदायबीच मध्यरातमा भएको उग्र झडप नियन्त्रणमा लिन सुरक्षाकर्मीले बल प्रयोग गर्दा एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले जिल्लाका ५ प्रमुख बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ

सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम साउन ११ गते सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश लागू गरका हुन्। आइतबार राति बोलबमका लागि कोशी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज चोकतर्फ गइरहेका हिन्दु धर्मावलम्बी र अर्को समुदायका युवाहरूबीच डिजेको आवाज र धार्मिक झण्डाको विषयलाई लिएर विवाद सुरु भएको थियो। सामान्य विवादले उग्र रूप लिँदै मध्यरातमा दुई समूहबीच ढुङ्गामुढा, घर, सवारीसाधन र मेडिकल पसलहरू तोडफोड तथा आगजनीसहित हिंसात्मक झडप भएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले सुरुमा अश्रुग्यास र हवाई फायर गरेका थिए।

त्यसपछि पनि स्थिति नियन्त्रणमा नआएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका-३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ। गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। यस हिंसात्मक घटनामा प्रदर्शनकारी र सुरक्षाकर्मी गरी कुल २२ जना घाइते भएका छन् जसमा नेपाल प्रहरीका ८ जना र सशस्त्र प्रहरीका ५ जना सुरक्षाकर्मी समेटिएका छन्। घाइते हुनेहरूमा प्रहरी निरीक्षक राकेश राईसहित अन्य प्रहरी अधिकारीहरू छन् भने घाइते सर्वसाधारणहरूको विराटनगरका न्युरो अस्पताल, कोशी अस्पताल र विराट नर्सिङ होममा उपचार भइरहेको छ।
शान्ति सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्नका लागि प्रशासनले दक्षिण सुनसरीका ५ वटा बजार क्षेत्रको चारकिल्ला तोकेर कर्फ्यु लगाएको छ। जसअनुसार हरिनगरा बजार क्षेत्रको पूर्वमा नुनिया टोल, पश्चिममा खुनिया धार, उत्तरमा गाउँपालिका कार्यालय र दक्षिणमा बसन्तपुर मोडसम्म कर्फ्यु लागू गरिएको छ। त्यसैगरी भुटाहा बजार क्षेत्रको पूर्वमा मोरिया धार खोला, पश्चिममा इदगाह फिल्ड, उत्तरमा सुनसरी खोला र दक्षिणमा गाउँपालिका कार्यालयसम्मको क्षेत्र प्रभावित भएको छ। कप्तानगञ्ज बजार क्षेत्रको पूर्वमा यादव टोल, पश्चिममा पाँचौँ सिमल मावि, उत्तरमा कृष्ण मावि र दक्षिणमा नेपाल-भारत सीमा क्षेत्रसम्म मानिसहरूलाई आवतजावतमा रोक लगाइएको छ। घुस्की बजार क्षेत्रको पूर्वमा कासिमिया मदरसा, पश्चिममा प्रहरी चौकी, उत्तरमा ईशा हार्डवेयर र दक्षिणमा हिलाल पब्लिक स्कुलसम्म कर्फ्युको दायरा तोकिएको छ। देवानगञ्ज बजार क्षेत्रको पूर्वमा विराटनगर जाने बाटोको मुसहर टोल, पश्चिममा मोरिया खोला, उत्तरमा चिउरा मिल र दक्षिणमा गाउँपालिका कार्यालयसम्मको चारकिल्लाभित्र कर्फ्यु कडा पारिएको छ।
कर्फ्यु लागू भएका यी क्षेत्रहरूमा कुनै पनि व्यक्तिले आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा वा बैठक बस्न र घेराउ जस्ता गतिविधि गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। घटना लगत्तै इनरुवामा जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसेर स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गर्ने र शान्ति कायम गर्ने निर्णय गरिएको थियो। स्थानीय प्रशासनले कर्फ्यु आदेशको उल्लंघन गर्ने जुनसुकै व्यक्तिलाई कानुन हातमा लिएको ठहर गर्दै एक हजार रुपैयाँसम्म जरिवाना, एक महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने चेतावनी समेत दिएको छ। हाल ती क्षेत्रहरूमा थप अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठुलो सङ्ख्यामा अतिरिक्त सुरक्षा बल तैनाथ गरिएको छ भने स्थिति नियन्त्रणमा लिन र आपसी सद्भाव कायम राख्न स्थानीय जनप्रतिनिधि तथा दुवै समुदायका अगुवाहरूसँग छलफल र संवाद अगाडि बढाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार