मुख्य समाचार
बिर्तामोडका गिरी धरौटीमा रिहा | ग्यास उद्योग महासंघ भन्छः मागअनुसार नियमित आपूर्ति भइरहेको छ | करेन्ट लागेर घाइते विद्युत् कर्मचारीलाई झण्डै २० लाख क्षतिपूर्ति | ‘पाता कस्ने’ अभिव्यक्तिले चर्कियो ग्यास विवाद, मन्त्रीसँग माफी माग्न उद्योगीको माग | बाढीपछि प्रश्नैप्रश्न : रविको माग–‘अब दल होइन, संसद् नै विपद्को मोर्चामा उभिनुपर्छ’ | भद्रपुरमा दर्दनाक दुर्घटना : बोलेरोबाट मार्बल झार्दा किचिएर मजदुरको मृत्यु | शहीद दिवसमा प्रधानमन्त्रीको प्रतिबद्धता : ‘जेनजी, सुशासन कायम भएरै छाड्नेछ’ | जसको विगत विवादै–विवादमा, उनीहरू नै जेनजी स्मृति सभाका अतिथि | प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु | जेन्जी छानबिन प्रतिवेदन : दोषी खोज्न बनाइएको आयोग, दोषी जोगाउन दराजमा राखिएको हो प्रतिवेदन ? |

करेन्ट लागेर घाइते विद्युत् कर्मचारीलाई झण्डै २० लाख क्षतिपूर्ति

देश प्रदेश डेस्क 5437+ समाचार ( )
२५ भाद्र २०८३, बिहीबार

झापा / नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई उपचार खर्चसहित १९ लाख ७८ हजार ३०१ रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ।

प्राधिकरण सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारीलाई उपचार क्षतिपूर्ति तथा अन्य क्षतिपूर्तिबापत उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।

प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार मेलम्ची वितरण केन्द्रको कार्यक्षेत्रअन्तर्गत मेलम्ची नगरपालिका–१०, आम्बोटेमा कार्यरत खोटाङका २५ वर्षीय सन्देश मगर भन्ने शेरबहादुर मगर विद्युत् दुर्घटनामा परी घाइते भएका थिए।

मगरले १५ केभी प्रसारण लाइनको डिस्क पिन बदल्ने क्रममा २०८२ चैत ११ गते करेन्ट लागेको थियो। दुर्घटनामा घाइते भएपछि उनलाई उपचारका लागि सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो।

अस्पतालमा उपचारका क्रममा ९ लाख ७८ हजार ३०१ रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ।

नेपाल विद्युत् प्राधिकरणको विद्युत् क्षतिपूर्ति विनियमावलीअनुसार घाइते कर्मचारीलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र उपचारमा लागेको ९ लाख ७८ हजार ३०१ रुपैयाँ गरी कुल १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो।

मगरले यसअघि नै १० लाख रुपैयाँ पेश्की लिइसकेका छन्। अब बाँकी रहेको ९ लाख ७८ हजार ३०१ रुपैयाँ विनियमावलीअनुसार सम्बन्धित वितरण केन्द्रमार्फत घाइते कर्मचारीलाई उपलब्ध गराउन प्राधिकरण सञ्चालक समितिले स्वीकृति दिएको छ।

कार्यस्थलमा विद्युत् लाइन मर्मत तथा प्राविधिक काम गर्दा कर्मचारी उच्च जोखिममा रहने गरेका छन्। यस्तो अवस्थामा कार्यस्थल सुरक्षा, आवश्यक प्राविधिक सावधानी तथा सुरक्षाका मापदण्डको प्रभावकारी कार्यान्वयन महत्वपूर्ण हुने देखिन्छ। प्राधिकरणको पछिल्लो निर्णयले कार्यक्षेत्रमा दुर्घटनामा परी घाइते हुने कर्मचारीलाई उपचार तथा क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्थालाई समेत पुनः चर्चामा ल्याएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार