मुख्य समाचार
भद्रपुरमा दर्दनाक दुर्घटना : बोलेरोबाट मार्बल झार्दा किचिएर मजदुरको मृत्यु | शहीद दिवसमा प्रधानमन्त्रीको प्रतिबद्धता : ‘जेनजी, सुशासन कायम भएरै छाड्नेछ’ | जसको विगत विवादै–विवादमा, उनीहरू नै जेनजी स्मृति सभाका अतिथि | प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु | जेन्जी छानबिन प्रतिवेदन : दोषी खोज्न बनाइएको आयोग, दोषी जोगाउन दराजमा राखिएको हो प्रतिवेदन ? | युवाको रगतले लेखिएको आन्दोलनको एक वर्षपछि, उपलब्धिको हिसाब कहाँ छ? | अमेरिका–इरान तनाव चर्किँदा होर्मुज जलडमरूमध्यमा तेल ढुवानी संकट, विश्व बजारमा बढ्यो चिन्ता | वैदिक सनातनद्धारा गीता पाठ तथा शोक सभा सम्पन्न | मैवाखोलामा ट्याक्टर खस्यो, चालकसहित दुई जना बेपत्ता | भोजपुरका खसीबोका अब काठमाडौंको बजारमा, सडक सञ्जालले सहज बनायो व्यापार |

भद्रपुरमा दर्दनाक दुर्घटना : बोलेरोबाट मार्बल झार्दा किचिएर मजदुरको मृत्यु

देश प्रदेश डेस्क 5435+ समाचार ( )
तस्बिर एआइ
२३ भाद्र २०८३, मङ्गलबार

झापा / झापाको भद्रपुरमा मार्बल अनलोड गर्ने क्रममा किचिएर एक जना मजदुरको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–५ स्थित सूर्य प्लाईउड फ्याक्ट्रीमा बन्दै गरेको नयाँ भवनका लागि भद्रपुरमा रहेको महावीर ट्रेडिङ प्रा.लि.ले आयात गरेको मार्बल अनलोड गर्ने क्रममा काठमाडौंका ३१ वर्षीय राजेन्द्र खड्काको मृत्यु भएको हो।

प्रहरीका अनुसार २०८३ साल भदौ २३ गते दिउँसो करिब १२ः४५ बजे भवन निर्माणमा प्रयोग गर्न ल्याइएको मार्बल मे १ ज २२१८ नम्बरको बोलेरो पिकअपबाट अनलोड गर्ने क्रममा अचानक मार्बल खड्काको शरीरमाथि थिचिएको थियो।

मार्बलले थिचिएर गम्भीर घाइते भएका खड्कालाई तत्काल उद्धार गरी उपचारका लागि ओम साई पाथीभरा हस्पिटल, भद्रपुर लगिएको थियो। अस्पतालमा चेकजाँच गर्दा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

मृतक खड्का काठमाडौं महानगरपालिका क्षेत्रअन्तर्गत कोटेश्वर स्थित राम मन्दिरमा बस्दै आएका व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनको स्थायी ठेगानासहितका थप विवरण खुल्ने क्रममा रहेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान थालेको छ। मार्बल अनलोड गर्ने क्रममा दुर्घटना कसरी भयो, घटनाको वास्तविक कारण के थियो तथा सुरक्षाका आवश्यक उपाय अपनाइएको थियो वा थिएन भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

मृतकका आफन्तसँग समन्वय भइरहेको र घटनाको थप विवरण अनुसन्धानपछि खुल्ने जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार