मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

भदौ २४ को तोडफोडमा भाटभटेनीको १० अर्ब ८५ करोड बढीको क्षति

देश प्रदेश डेस्क 5450+ समाचार ( )
७ अशोज २०८२, मङ्गलबार

भाटभटेनी सुपरस्टोरले भदौ २४ गते काठमाडौंसहित देशभर भएका आगजनी र तोडफोडमा भाटभटेनी सुपरस्टोरको १० अर्ब ८५ करोड रूपैयाँ बढीको क्षति भएको विवरण सार्वजनिक गरेको छ।

भाटभटेनीका अनुसार २० वटा स्टोरबाट यो क्षति भएको हो। बालुवाटारस्थित मुख्य स्टोरसहित १२ वटा स्टोर पूर्णरुपमा आगजनी गरिएको छ। १२ वटा भवनसहित त्यसभित्र रहेका सम्पूर्ण सामग्री जलाइएको छ।

स्केलेटर, लिफ्ट, फ्रिजलगायतका महंगा सामग्री पनि भवनसँगै जलेर नष्ट भएका थिए। भवनभित्र रहेका सबै सामग्री पूर्णरूपमा आगजनी गरिएको थियो।

त्यसबाहेक नौ वटा स्टोरमा तोडफोड र लुटपाट गरिएको थियो। नौवटा स्टोरमा आंशिक क्षति पुगेको भाटभटेनीले जनाएको छ।

यसअघि प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरूङले १२ वटा स्टोर पूर्ण रूपमा जलाइएको, बाँकी नौ वटामा आंशिक क्षति पुर्‍याइएको जानकारी गराएका थिए।

उनले भाटभटेनीमा कार्यरत दश हजार बढी कर्मचारीलाई बिदा नगर्ने योजना रहेको बताउँदै दसैं बोनस पनि पूरा महिनाको प्रदान गर्ने जनाएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार