मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |
मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |


स्वास्थ्य बिमाका कारण कोशी अस्पतालको वार्षिक २० करोड आम्दानी गुम्दै

देश प्रदेश डेस्क 5493+ समाचार ( )
३१ आषाढ २०८२, मङ्गलबार

झापा / स्वास्थ्य बिमा बोर्डले साउन १ गतेदेखि विराटनगरको कोशी अस्पताललाई प्रथम सेवा विन्दुबाट हटाउने निर्णय गरेको छ । बोर्डको यो निर्णयले कोशी अस्पताललाई रिफरल सेन्टरमा मात्र सीमित गराउँदा अस्पतालको वार्षिक २० करोड बढी आम्दानी गुम्ने अस्पतालले जनाएको छ ।

स्वास्थ्य बिमा बोर्डको गरेको निर्णयले कोशी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा ठूलो आर्थिक सङ्कटमा पर्ने देखिएको छ । मासिक रूपमा मात्रै १ करोड ६६ लाख ८७ हजार रुपैयाँ बराबरको भुक्तानी गुम्ने अवस्था सिर्जना भएको कोशी अस्पताल प्रशासनले जनाएको छ ।

स्वास्थ्य बिमा बोर्डले असार १९ गते बसेको १४ औं बैठकमार्फत् सङ्घीय सरकार मातहतका सबै अस्पताललाई ‘प्रथम सेवा विन्दु’ बाट हटाउने निर्णय गरेको थियो । सो निर्णय साउन १ गतेदेखि लागू भए कोशी अस्पतालमा अब बिमित बिरामीहरूले स्थानीय वा जिल्ला अस्पतालबाट सिफारिस (रिफरल) लिएपछि मात्र उपचार सुविधा पाउनेछन् । यसअघि कोशी अस्पतालले ‘प्रथम सेवा विन्दु’ तथा रिफरल केन्द्र दुवैको रूपमा सेवा दिँदै आएको थियो ।

बोर्डको नयाँ निर्णयले विराटनगर महानगर क्षेत्रभित्रका करिब १ लाख १६ हजार ३ सय ६० जना बिमितहरूलाई प्रत्यक्ष असर पु¥याउनेछ । हाल उनीहरूले कोशी अस्पताल र रानी प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा लिँदै आएका थिए । अब भने उनीहरूले प्रथम सेवा विन्दुको रूपमा मात्र रानीबाट सेवा लिनुपर्ने र सोही अस्पतालबाट मात्र रिफर हुनुपर्नेछ । यो अवस्थाले कोशी अस्पतालमाथि गम्भीर असर पार्नेछ । 

अस्पतालको तथ्याङ्कअनुसार, कोशी अस्पतालमा दैनिक औसत ८ सय ५१ जना बिरामी आउँछन्, जसमा ४ सय १७ जना बिमा गरेका बिरामी हुन्छन् । तीमध्ये झन्डै २ सय ५० जना बिरामीले प्रथम सेवा विन्दुको हैसियतमा उपचार सेवा लिँदै आएका थिए । चालु आर्थिक वर्षको पुससम्म ६ महिनामा १ लाख ५३ हजार ३ सय १० जना बिरामीले कोशी अस्पतालमा उपचार गराएका छन्, जसमध्ये ५८ हजार ७ सय २३ जनाले स्वास्थ्य बिमा कार्यक्रममार्फत् सेवा लिएका थिए ।

अस्पतालले आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्म १ लाख २४ हजार ४४९ जना बिमित बिरामीको उपचार गरी कुल २८ करोड ५१ लाख ७१ हजार ६ सय १० रुपैयाँ स्वास्थ्य बिमा बोर्डसँग भुक्तानीको दाबी गरेको थियो । तर सोमध्ये बोर्डले जम्मा ८५ लाख ९० हजार  रुपैयाँ मात्रै भुक्तानी गरेको छ । बाँकी २७ करोड ६५ लाख रुपैयाँ बोर्डले भुक्तानी दिनुपर्ने अस्पतालले जनाएको छ । 

अस्पतालको दाबीअनुसार साउन महिनामै मात्रै १२ हजार ५ सय २६ जना बिरामीले बिमामार्फत् सेवा लिएका थिए, जसबापत अस्पतालले २ करोड ७८ लाख ११ हजार ७ सय ४९ रुपैयाँको दाबी गरेको छ । त्यसमध्ये १ करोड ६६ लाख ८७ हजार रुपैयाँको सेवा प्रथम सेवा विन्दुबाट लिइएको थियो । यस्तो मासिक भुक्तानीको व्यवस्था एकाएक बन्द गर्दा कोशी अस्पताललाई वर्षभरिमा करिब २० करोड २ लाख ४४ लाख ५ सय ८८ रुपैयाँ आम्दानी गुम्नेछ ।

कोशी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट (मेसु) डा. रुणा झाले बिमा बोर्डको निर्णय सच्याउन माग गरेकी छन् । “कोशी अस्पतालमा आउने अधिकांश बिरामी आर्थिकरूपमा कमजोर वर्गका हुन्छन्, तिनै बिरामी स्वास्थ्य बिमाको भरमा उपचार गर्न आउँथे । अब रिफर नलिएसम्म सेवा नपाउने भएपछि ती बिरामीहरूको उपचारमा समस्या पर्छ र अस्पतालको आम्दानीमा ठूलो गिरावट आउँछ । बोर्डले चालेको यो कदमप्रति पुनः विचार गर्नुपर्दछ” उनले भनिन्, “प्रथम सेवा विन्दुबाट हटाउने निर्णय  तुरुन्त सच्याइनुपर्छ ।”

कोशी अस्पताल विकास समितिका ३ सय ७६ जना कर्मचारी छन्, जसमा १ सय २४ जना स्थायी, १ सय ६२ जना करार तथा ९० जना दैनिक ज्यालादारीमा कार्यरत छन् । ती सबैको मासिक तलब, सेवा, सुविधालगायतको लागि १ करोड ५० लाख रुपैयाँ खर्च हुने गरेको छ, जुन अस्पतालले आफ्नै आन्तरिक आम्दानीबाट व्यवस्थापन गर्दै आएको छ । अब आम्दानीको मुख्य स्रोत बन्द हुँदा तलब, सेवा तथा प्रशासनिक खर्च व्यवस्थापन गर्न अस्पताल गम्भीर दबावमा पर्नेछ ।

कोशी अस्पताल मात्र नभई, देशभरका सङ्घीय सरकार मातहतका सबै अस्पतालहरूलाई ‘प्रथम सेवा विन्दु’ बाट हटाउने स्वास्थ्य बिमा बोर्डको निर्णय गैरजिम्मेवार र जनविरोधी भएको स्वास्थ्य क्षेत्रका जानकारहरू बताउँछन् । 

सङ्घीय अस्पतालहरूबाट सिधै उपचार गर्न नपाउने निर्णयले स्वास्थ्य पहुँच सीमित पार्ने, गरिब जनताको उपचारमा अवरोध पु¥याउने र सेवाको गुणस्तर खस्काउने खतरा भएको कोशी अस्पताल कर्मचारी युनियनका  अध्यक्ष डा. रोशन खड्काले बताए । विराटनगर महानगरभित्रका १ लाख १६ हजार ३ सय ६० बिमितहरू अब केवल रानी प्राथमिक स्वास्थ्य केन्द्रमा भर पर्नुपर्नेछ, जसको पूर्वाधार, जनशक्ति र सेवा क्षमता त्यस्तो ठूलो चाप थेग्न सक्ने अवस्थामा छैन । यस्तो परिस्थितिमा आमनागरिकको स्वास्थ्य अधिकार हनन् हुनुका साथै ‘स्वास्थ्य बिमा कार्यक्रम’ को उद्देश्य नै असफल हुने खतरा देखिने डा. खड्काले बताए । 

जनप्रतिनिधि, महानगरवासीहरू, बिरामीका परिवार, अस्पताल कर्मचारी तथा जनस्वास्थ्यविज्ञहरू समेतले कोशी अस्पतालजस्तो व्यस्त र भरपर्दो संस्थालाई ‘प्रथम सेवा विन्दु’ बाट हटाउनु बिमा बोर्डको ‘हचुवा नीति’ भएको भन्दै कडा आलोचना गरेका छन् । उनीहरूले तत्काल निर्णय सच्याएर कोशी अस्पताललाई पुनः प्रथम सेवा विन्दुका रूपमा कायम गर्न माग गरेका छन् ।

कोशी अस्पतालले यस विषयमा स्वास्थ्य बिमा बोर्ड र स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरी तत्काल निर्णय फिर्ता लिन आग्रह गरिसकेको छ । मेसु डा. झाले भनिन्, “यदि यो निर्णय यथावत् रह्यो भने अस्पतालको सेवा बन्द हुन पुग्ने अवस्था आउन सक्छ । यसले न जनताको हित हुन्छ, न सरकारको नीति सफल हुन्छ । त्यसैले निर्णय सच्याएर कोशी अस्पताललाई पुनः प्रथम सेवा विन्दु कायम गरिनुपर्छ ।”

बोर्डको निर्णय खारेज गर्न माग

सङ्घीय सांसद् अमनलाल मोदीले स्वास्थ्य बिमा बोर्डले गरेको निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांस्द मोदीले कोशी अस्पताल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पहिलो सेवा विन्दुबाट हटाउने निर्णयले सरकारी अस्पतालहरूलाई धराशायी बनाउने र निजी अस्पताललाई फाइदा पुर्याउने आरोप लगाएका हुन् ।

सांसद् मोदीका अनुसार बोर्डले कोशी अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्ता ठूला सरकारी अस्पतालहरूलाई विशेषज्ञ अस्पतालको सूचीमा राखेर पहिलो सेवा विन्दुबाट हटाएको छ । यस निर्णयका कारण अब बिमाका बिरामीले ती अस्पतालहरूमा जानुअघि पालिका स्तरका अस्पतालबाट रेफर लिनुपर्नेछ । “धेरै पालिकाहरूसँग त्यो स्तरको अस्पताल छैन” उनले भने, ‘यो निर्णयले कोशी अस्पतालले मात्र दैनिक एक हजार बिरामी गुमाउनुपर्ने अवस्था आउनेछ ।”

उनले जनताले पालिकाको अस्पतालबाट रिफर लिएर निजी अस्पतालमा जाने सम्भावना बढी रहेको भन्दै यसले सरकारी अस्पतालहरूलाई कमजोर बनाएर निजी अस्पतालहरूलाई फाइदा पु¥याउने स्पष्ट पारे । सांसद् मोदीले यो निर्णय स्वास्थ्य क्षेत्रका बिचौलीयाहरूको प्रभावमा आएको आरोप समेत लगाए । सांसद् मोदीले सरकारी अस्पतालहरू पूर्ण रूपमा धराशायी हुनुअघि नै उक्त निर्णय खारेज गरी पूर्ववत्रूपमा ती अस्पतालहरूलाई प्रथम सेवा विन्दुको सुविधा दिनुपर्ने माग गरे । उनले स्वास्थ्य बिमा बोर्डको यो निर्णय सच्याउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

याे समचार ब्लाष्ट खबरमा छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार