मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |

नक्कली नेपाली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित पाँचजना पक्राउ

देश प्रदेश डेस्क 5490+ समाचार ( )
साङ्केतिक तस्वीर
२६ माघ २०८०, शुक्रबार

                                                                                                             साङ्केतिक तस्वीर

झापा । नक्कली नेपाली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित पक्राउ गरेका पाँचजनालाई बारा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी ती व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला सर्लाही चन्द्रनगर गाउँपालिका–३ बस्ने वर्ष ४४ का रामचन्द्र महतो कोइरी, जिल्ला बारा परवानीपुर गाउँपालिका–५ बस्ने सुमित साह, सोही ठाउँ बस्ने सन्तोष पटेल, जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका–१० बस्ने विशालकुमार श्रीवास्तव र निजको सालो सोही ठाउँ बस्ने नीरज श्रीवास्तव रहेको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

जीतपुर सिमरा उपमहानगरपालिका–७ जीतपुर बजारमा नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा तत्कालै प्रहरीको टोली परिचालन गरी एकजनालाई नक्कली नोटसहित पक्राउ गरेपछि निजको वयानका आधारमा जिल्लाको विभिन्न ठाउँ र अन्य ठाउँबाट गरी चार जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए।

पक्राउ परेका व्यक्तिबाट ६१ हजार नक्कली नेपाली नोट, भारतीय सिमकार्डसहित सात थान मोबाइलसमेत बरामद गरिएको प्रहरी प्रवक्ता न्यौपानेले बताए। पाँच तहमा नक्कली नोटको कारोबार भइरहेको जानकारी भएपछि प्रथम, दोस्रो, तेस्रो र चौथो तहसम्मका व्यक्तिलाई यो नक्कली नोट प्रकरणमा पक्राउ गर्न सफल भएको र चाँडै नै पाँचौँ तहका व्यक्तिलाई पक्राउ गर्ने प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए ।

तीन लाख नक्कली नेपाली नोट लिनका लागि एक लाख सक्कली नेपाली नोट दिनुपर्ने पक्राउ परेका व्यक्तिको अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए । नक्कली नोट कारोबार गरेबापतमा पाँच प्रतिशतसम्मको कमिसन दिने गरेको अनुसन्धानबाट खुल्न आएको उहाँले सुनाए । नक्कली नोटको कारोबार गर्ने व्यक्ति खासगरी भीडभाड, किराना पसल, मासु पसल, तरकारी बजार, गाउँघरमा भैँसी, खसी खरिद गर्ने, ज्याला मजदुरी दिने काममा नक्कली पैसा प्रयोग गर्ने गरेको प्रहरी उपरीक्षक काफ्लेले बताए ।

भारतमा नक्कली रुपैयाँ छापेर नेपालको विभिन्न ठाउँमा कारोबार गर्ने गरेको हुँदा भारतीय प्रहरीहरूसँग पनि समन्वय, सहकार्य गरेर पैसा छाप्ने सञ्जालसम्म पुग्ने उपरीक्षक काफ्लेले दाबी गरे । वीरगञ्ज महानगरपालिका–१० बस्ने विशालकुमार श्रीवास्तव नक्कली नेपाली नोटलाई नेपालमा साटासाट गर्ने गराउने नाइकेको रूपमा काम गर्दै आएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार