मुख्य समाचार
बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट घाइते साइकलयात्री पौडेलको मृत्यु | गढीमाई मेलाअघि सीमामा उच्च सतर्कता; चौपाया तस्करी रोक्न भारतले बढायो निगरानी | मृतक परिवार र सरकारबीच ७ बुँदे सहमति | सुनसरी घटनापछि प्रधानमन्त्री बालेन शाहको देशवासीलाई शान्ति र सद्भाव कायम राख्न अपिल | सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु |

स्वास्थ्यकर्मीलाई ‘हनी ट्रयाप’ मा पार्ने तीन पक्राउ

देश प्रदेश डेस्क 5339+ समाचार ( )
१३ मंगशिर २०८१, बिहीबार

झापा   फार्मेसी सञ्चालकलाई ‘हनी ट्रयाप’ मा फसाएको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा इलामकी २५ वर्षीया समृद्धि मगर, काभ्रेका ३० वर्षीय दीपेन्द्र दर्जी र काभ्रेकै २५ वर्षीया वर्षा दर्जी छन् । भक्तपुरस्थित राधेराधे नजिकै डेरामा बोलाएर उनीहरूले फार्मेसी सञ्चालक ३३ वर्षीय युवकलाई हनी ट्रयापमा पारेर रकम असुलेका हुन् ।

घटना २०८१ मंसिर ६ गतेबाट सुरु भएको प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले जानकारी दिए । बर्षा दर्जीले मेसेन्जरमार्फत पीडित व्यक्तिसँग सम्पर्क गरी घाउको ड्रेसिङ गर्न बोलाइन् । पीडितले उनी बसेको कोठामा पुगेपछि दर्जीको खुट्टामा कुनै घाउ नभएको देखे ।कोठाको ढोका लगाई डर देखाउँदै पीडितलाई जबरजस्ती करणीको मुद्दामा फसाउने धम्की दिइयो ।

यसपछि अर्की अभियुक्त समृद्धि मगरले पनि पीडितलाई सहमतिमा आउन धम्क्याएको खुलेको छ । रकम माग गर्दै उनले १८ लाखबाट सौदाबाजी गरी ८ लाखमा कुरा मिलाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मंसिर ११ गते, कौशलटारस्थित वेभ सेकुवा कर्नरमा २५ हजार नगद र २५ हजार सिद्धार्थ बैंकको क्यूआर कोडमार्फत माग गरियो । थप ७५ हजार रुपैयाँ चेकको माध्यमबाट दिइएको थियो । प्रहरीका अनुसार, तीनै अभियुक्त यस प्रकारका अपराधमा संगठित रूपमा सक्रिय रहेको देखिएको छ ।

घटनामा संलग्न एक अन्य व्यक्ति फरार छन् । तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट पक्राउ गरेको हो । अरु व्यक्तिको खोजी जारी छ । उनीहरुको साथबाट ७५ हजार रुपैयाँको एशिया बैंकको चेक, नगद २० हजार ५ सय रुपैयाँ र चार थान मोबाइल बरामद गरिएको छ ।

दिपेन्द्र दर्जी यसअघि २०७१ सालमा कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भई सजाय भुक्तान गरिसकेका व्यक्ति रहेको खुलेको छ । पक्राउ परेका व्यक्तिहरूलाई आपराधिक लाभसम्बन्धी मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भक्तपुर पठाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार