मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

इलाममा याैन दुर्व्यहार गर्ने शिक्षक पक्राउ, अभिभावकहरुले घेरे प्रहरी चाैकी

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१६ आषाढ २०८२, सोमबार

झापा / विद्यार्थीहरुलाई यौन दुर्व्यहार गरेको आरोपमा इलामका एक शिक्षक पक्राउ परेका छन् ।

यौन दुर्व्यहारको आरोपमा इलाम माई नगरपालिका–२ शितलीस्थित हरियाली रेशम शैक्षिक सार्वजनिक गुठी नामक स्कुलका संस्थापक सोही ठाउँ बस्ने ५२ वर्षीय खेमराज ढकाल पक्राउ परेका हुन् ।

उनले कक्षा ६ र ७ मा अध्ययनरत बालिकाहरुलाई बिभिन्न किसिमको प्रलोभन र डर त्रास देखाई यौन दुर्व्यहार गरेको जानकारी आएपछि प्रहरी चौकी लोदिया दानाबारीबाट प्रहरी नायव निरीक्षक सूर्य मोक्तानको कमाण्डमा ४ जनाको टोली खटिएर ढकाललाई नियन्त्रणमा लिएको हो ।

उनलाई पक्राउ गरी प्रहरी चौकी लोदिया दानाबारीमा ल्याई राखिएकोमा पीडित पक्षका करिव सयजना जना प्रहरी चौकी दानाबारी आई कालो मोसो दल्नुपर्ने माग गरेका थिए ।

स्थिति तनावपूर्ण बनेपछि प्रहरी चौकी दानाबारीबाट प्रहरी नायव निरीक्षक मोक्तानको कमाण्डमा १२ जना, प्रहरी चौकी महमाईबाट ३ जना गरि १५ जना र सशस्त्र प्रहरीको सशस्त्र प्रहरी नायव निरीक्षक बज्रलाल तामाङको कमाण्डमा ७ जनाको टोली खटिएको थियो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक संजिव बोगटीको कमाण्डमा १० जनाको थप टोली खटिएको थियो । आन्दोलित अभिभावकहरु राति अबेलासम्म प्रहरी चौकी अगाडि बसेका थिए ।

आरोपित शिक्षकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एकनारायण कोइरालाले बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार