मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

सनसाईन बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

देश प्रदेश डेस्क 5493+ समाचार ( )
१९ अशोज २०८१, शनिबार

झापा । सनसाईन बचत तथा ऋण सहकारी संस्था लिमीटेड भद्रपुर–१० चन्द्रगढीको ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । समितिका अध्यक्ष बालकृष्ण बास्तोलाको सभापतित्व तथा भद्रपुर नगर पालिका वडा नम्बर १० का वडाअध्यक्ष टेकबहादुर खडका(काजी)को प्रमुख आतिथ्यमा शनिबार चन्द्रगढीमा सम्पन्न भएको हो ।
अध्यक्ष बास्तोलाले संस्थाको
सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले निम्न आय भएका ७ जना सदस्यलाई निःशुल्क स्वास्थ्य विमा गरिदिने जनाए ।
कार्यक्रममा शेयर सदस्य सन्ततीबाट २०८० सालको एसईई परिक्षामा उत्कृष्ट आरती राजवंशी र  सृष्टि साहलाई नगद सहित प्रसंशा पत्र प्रदान गरेर सम्मान गरिएको थियो । यसैगरी उत्कृष्ट  कारोबार गर्ने फुलमाया मगर,दुर्गा माया योङहाङ,कुमारी मगर र  सन्तोषी नेम्वाङलाई नगद सहित प्रसंशा पत्र प्रदान गरेर सम्मान गरिएको थियो भने जेष्ठ  सदस्य नन्द माया भट्टराईलाई कपडा सहित प्रसंशा पत्र प्रदान गरेर सम्मान गरिएको थियो ।
संस्थाका उपाध्यक्ष श्याम खतिवडाले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि खडका ,सल्लाहकार डिल्ली ढकाल ,
जयराज राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सञ्चारकर्मी एवम अतिथिहरुलाइ मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन समितिका सचिव टिका प्रसाद दाहालले गरेका थिए ।  
२०७० सालमा ३९ जना शेयर सदस्यबाट स्थापना भएको संस्थामा हाल १५ सय ४० जना शेयर सदस्य रहेको संस्थामा १ करोड २४ लाख ७२ हजार ७ सय रुपैयाँ  शेयर पूँजीरहेको तथ्याङ्कमा उल्लेख छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार