मुख्य समाचार
इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न |

मेचीनगरका ९ जना ‘क्यान्सर विजेता’लाई सम्मान

देश प्रदेश डेस्क 5494+ समाचार ( )
३० मंगशिर २०८०, शनिबार

झापा । पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडले मेचीनगरका ९ जना ‘क्यान्सर विजेता’लाई सम्मान गरेको छ ।

अस्पतालले मेचीनगर नगरपालिकाको सभा हलमा नगरपालिका क्षेत्रमा पाठेघर, स्तन, बोनम्यारो लगायतका क्यान्सर भएर पूर्वाञ्चल क्यान्सर अस्पतालमै उपचारपछि निको भएका उनीहरुलाई सम्मान गरेको हो ।

महिलाहरुको पाठेघरको मुखमा क्यान्सर भए वा नभएको पत्ता लगाउन गरिने स्क्रिनिङ (परीक्षण) समेत अस्पतालले निःशुल्क गरिरहेको पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.बीरेन्द्र यादवले जानकारी दिए । उनले अस्पतालले १२ हजार विरामीको स्क्रिनिङ गरिसकेको बताए ।

उनले हरेक पालिकाका जनप्रतिनिधि, स्वयम्सेवकहरुलाई समेत क्यान्सर रोग लागेका विरामीलाई लापरवाही नगर्न र समयमै सम्बन्धित अस्पतालमा स्वास्थ्य जाँच गराउन समेत आग्रह गरे ।

डा. यादवले महिलालाई हुने पाठेघरको मुखको क्यान्सरबाट जोगाउन हरेकले आफ्ना किशोरी छोरीहरुलाई एचभीपी नामक भ्याक्सिन लगाउन सुझाए ।

मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकीले नगरमा मात्र दैनिक २/३ जना क्यान्सर लगायतका प्राण घातक विरामी उपचारका लागि सिफारिस लिन आउने गरेका बताए ।

अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले क्यान्सर अस्पताल स्थापनाको चार बर्षमा झापामा २० हजार भन्दा बढीलाई सेवा प्रदान गरेको बताए ।

यसअघि अस्पतालले भद्रपुर, अर्जुनधारा र कनकाई नगरपालिकाका ‘क्यान्सर विजेता’लाई सम्मान गरिसकेको छ ।

झापाका १५ पालिकामध्ये मेचीनगर नगरपालिकासहित चार पालिकाका १४० जना ‘क्यान्सर विजेता’लाई सम्मान गरेको गिरीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार