मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |

नेपालबाट भारत निर्यात हुने प्लाइउडमा पुनः झमेला

देश प्रदेश डेस्क 5490+ समाचार ( )
३१ श्रावण २०८२, शुक्रबार

झापा । पछिल्लो पटक निकासी भएर भारतको भन्सार कार्यालय पुगेको प्लाइउडको जाँचपास नगरी १२ दिनदेखि रोकिएको पाइएकाे छ । कोशी प्रदेशअन्तर्गत झापाको काँकडभिट्टा र मोरङको विराटनगर नाकाबाट निकासी भइसकेपछि पानीट्याङ्की भन्सार र जोगबनी भन्सारले ट्रक रोकेर राखिदिएको उद्योगीले गुनासो गरेका छन् । नेपालबाट भारत निर्यात हुने प्लाइउडमा पुनः झमेला सिर्जना गर्दै भन्सारमा रोकिन थालिएको उनीहरूकाे गुनासाे छ  ।

पानीट्याङ्की भन्सारमा आठवटा र जोगबनी भन्सारमा छवटा ट्रक रोकिएको उनीहरूले बताएका छन् ।उद्योगीका अनुसार भारतको राजस्व अनुसन्धान विभाग (डिआरआइ) ले नेपालबाट निर्यात हुने प्लाइउडमा ब्युरो अफ इन्डियन स्टान्डर्ड (बिआइएस) मान्यताप्राप्त उद्योगले अन्य उद्योगको मालवस्तुसमेत निकासी गरेको आशङ्का गरिएको छ।बिआइएस मापदण्ड अनिवार्य गरेपछि केही उद्योगले मात्रै यसको मान्यता पाएका थिए तर बिआइएस मान्यता पाएका उद्योगले अन्य उद्योगका मालवस्तुसमेत निकासी गरेको आशङ्का गर्दै यसको भौतिक जाँच गर्न भन्सारमा रोकिएको बताइएको छ ।

मोरङ–सुनसरी औद्योगिक कोरिडोरमा स्थापित ग्रिन प्लाई उद्योगका सञ्चालक दिवाकर राठीका अनुसार भारतले बारम्बार नै नेपालबाट प्लाइउड निर्यातमा अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार