मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

भेनेजुएलामा शक्तिशाली जुम्ल्याहा भूकम्प, व्यापक मानवीय क्षतिको आशंका

देश प्रदेश डेस्क 5495+ समाचार ( )
११ आषाढ २०८३, बिहीबार

झापा / भेनेजुएलाको उत्तर-केन्द्रीय तटीय क्षेत्रमा बुधबार बेलुका ६:०४ बजे ठूलो विपत्ति आइलागेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार त्यहाँ एक मिनेटको अन्तरालमा क्रमशः ७.१ र ७.५ रेक्टर स्केलका दुईवटा शक्तिशाली भूकम्प गएका छन् । जमिनको सतहबाट मात्र १३ किलोमिटर गहिराइमा गएका यी विनाशकारी भूकम्पका कारण राजधानी काराकाससहित देशका विभिन्न सहरहरूमा ठूलो विनाश भएको छ । भूकम्पको कडा धक्का छिमेकी देश कोलम्बियाको राजधानी बोगोटासम्म महसुस गरिएको थियो ।

यो महाविपत्ति साँझको व्यस्त समयमा आएकाले सर्वसाधारणमा भागदौड र त्रास फैलिएको थियो । भूकम्पका कारण राजधानी काराकासको पूर्वी भेगमा रहेका अल्तामिरा स्क्वायर आसपासका कम्तीमा तीनवटा बहुतले आवासीय भवनहरू पूर्ण तथा आंशिक रूपमा भत्किएका छन् । काराकास अन्तर्राष्ट्रिय विमानस्थलको भित्री छत भत्किँदा यात्रुहरू ज्यान जोगाउन भागाभाग गरेका थिए । भूकम्प लगत्तै काराकास र भ्यालेन्सिया सहरमा विद्युत् तथा इन्टरनेट सेवा पूर्ण रूपमा ठप्प भएकाले सञ्चार सम्पर्क विच्छेद भएको छ, जसले गर्दा उद्धार कार्यमा थप चुनौती थपिएको छ ।
घटना लगत्तै भेनेजुएलाका आन्तरिक मामिला मन्त्री डियोस्डाडो काबेलोले सरकारी टेलिभिजनमार्फत अल्तामिरा क्षेत्रको अवस्था निकै चिन्ताजनक रहेको पुष्टि गर्नुभएको छ । उहाँले सर्वसाधारणलाई थप ठूला पराकम्पहरू आउन सक्ने भएकाले रातभर घरबाहिर खुल्ला ठाउँमा बस्न अपिल गर्नुभएको छ । यतिबेला सुरक्षाकर्मी, दमकल र स्थानीय स्वयंसेवकहरू टर्चलाइटको सहायताले भत्किएका संरचनाको भग्नावशेषमुनि थुनिएका मानिसहरूको खोजी तथा उद्धारमा जुटिरहेका छन् । भूकम्प लगत्तै भेनेजुएला, अरुबा, बोनेयर र कुरासाओ क्षेत्रका लागि सुनामीको चेतावनी जारी गरिएको भए पनि पछि त्यसलाई हटाइएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षणले यो भूकम्पबाट निकै ठूलो मानवीय र भौतिक क्षति हुने प्रक्षेपण गरेको छ । यद्यपि, भेनेजुएला सरकारले हालसम्म आधिकारिक रूपमा मृतक र घाइतेहरूको सङ्ख्या सार्वजनिक गरिसकेको छैन । प्रारम्भिक उद्धार कार्य निकै अन्योलपूर्ण र जटिल अवस्थामा रहेकाले क्षतिको यकिन विवरण आउन अझै केही समय लाग्ने देखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै