मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

घुम्न जान्छु’ भनेर निस्किएका वृद्धको शव नहरमा फेला

देश प्रदेश डेस्क 5450+ समाचार ( )
८ आषाढ २०८२, आइतबार

झापा जिल्लाको शिवसताक्षी नगरपालिका–७, बैङ्डाँडाका ७९ वर्षीय राधाकृष्ण सोडारीले नहरमा हामफालेर ज्यान गुमाएका छन्। आइतबार बिहान करिब ८:५० बजे घरबाट “चोकतर्फ घुम्न जान्छु” भनी हिँडेका उनी, केही समयपछि कन्काई नहरमा मृत अवस्थामा फेला परेका हुन्।

परिवारको भनाइअनुसार उनी बैङ्डाँडा स्थित आफ्नो निवासबाट करिब एक किलोमिटर पश्चिमतर्फ रहेको कन्काई नहर (शिवसताक्षी वडा नं. ७ र ११ को बीचमा) पुगेका थिए। त्यहाँ उनले अन्योल कारणवश आफैंले नहरमा हामफालेको स्थानीयले बताएका छन्।

घटना बारे जानकारी प्राप्त गरेपछि इलाका प्रहरी कार्यालय झिलझिलेसँग सम्पर्क गरी तत्कालै शिवगञ्ज प्रहरी चौकीबाट प्रहरी निरीक्षक खड्ग गिरीको कमाण्डमा टोली घटनास्थलतर्फ खटिएको थियो।

स्थानीयवासीको सहयोगमा खोजी सुरु गरिएको थियो। खोजीका क्रममा बिहान करिब ९:२५ बजे, घटनास्थलबाट करिब ५०० मिटर दक्षिणतर्फ राधाकृष्ण सोडारी मृत अवस्थामा फेला परेका थिए।

प्रहरी टोलीले शवलाई पानीबाट बाहिर निकाली सुरक्षित स्थानमा राखेको छ। घटनास्थल सुरक्षीत बनाइएको छ र हाल घटनासम्बन्धी थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

यस दुःखद घटनाले स्थानीय क्षेत्रमै शोकको वातावरण छाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार आत्महत्या आशंका गरिएको छ भने वास्तविक कारण पुष्टि हुन बाँकी छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै