मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |

चिया उत्पादक र चिया श्रमिकबीच सहमति

देश प्रदेश डेस्क 5490+ समाचार ( )
१७ भाद्र २०८२, मङ्गलबार

झापा । चिया उत्पादक र चिया श्रमिकबीच सहमति भएको छ । चिया बगानमा क्रियाशील ट्रेड युनियन र नेपाल चिया उत्पादक संघका प्रतिनिधिबीच साेमबार भएकाे छलफलबाट सहमति भएको हो ।

चिया बगानमा कार्यरत श्रमिकहरुले हाल खाइपाइ आएको न्यूनतम् पारिश्रमिकमा आधारभूततर्फ रु.३९, महंगी भत्तातर्फ रु.२६ थप गरी दैनिक आधारभूत पारिश्रमिक रु.३६२ , महंगी भत्ता रु.२०३ गरी जम्मा रु. ५६५ ,मासिकतर्फ आधारभूततर्फ ११६२ , महंगी भत्ता ६४४ थप गरी आधारभूत पारिश्रमिक रु. १००९६ ,महंगी भत्ता रु ५६०३ गरी जम्मा रु.१५६९९ पुर्याउने , चिया प्रशोधन कारखानामा काम गर्ने श्रमिक र बगानका सरदार, चौकीदारको समेत दैनिक भत्ता रु.७० निर्धारण गरिएको छ । जुन सहमति साउन १ गतेदेखि लागु हुनेगरी नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको न्यूनतम् पारिश्रमिक निर्धारण समितिमा सिफारिस गरिने भएको नेपाल चिया कफी श्रमिक युनियनका केन्द्रीय अध्यक्ष सन्तकुमार राईले बताए । मिति नै यकिन गरिसकेकोले सहमती कार्यान्वयन हुनेमा विश्वस्त रहेको उनले जानकारी दिए ।

सवै प्रतिष्ठानहरुमा प्रतिष्ठानलाई आवश्यक पर्ने कामदार संख्या यकिन गरी श्रम ऐन २०७४ को दफा ११ अनुसार २०८२ भाद्र मसान्तसम्ममा नियमित र समयगत रोजगार सम्झौता गरी काममा लगाउने, नियमित रोजगारीमा रहेका कामदारहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षाकोषमा सूचीकृत गर्ने प्रकृया सुरु गरी २०८२ असोज मसान्तसम्ममा सूचीकृत गरी सक्नेलगायतका सहमति भएको उनले जनाए ।

चिया बगानमा क्रियाशील ट्रेड युनियनहरुले गत असार ६ गते ६ बुँदे माग राखेका थिए । तीस दिने अल्टिमेटमभित्र आफ्ना माग पूरा नभएपछि झापाका चिया श्रमिकहरुले साउन १८ गतेदेखि चिया बगान बन्द गरेका थिए ।

झापामा नियमित र समयगत श्रमिक गरी करिब १८ हजार कार्यरत रहेका छन् भने  अनुमामनित १५ हजार विगाह चिया वगान रहेकाे नेपाल चिया उत्पादक सङ्घका केन्द्रीय महासचिव शुक्रबहादुर दाहालले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार