मुख्य समाचार
भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता | कोशी प्रदेशमा ४२ वटा हिमताल उच्च जोखिममा | आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइँदै |

२१ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका अभियुक्त पक्राउ

देश प्रदेश डेस्क 5407+ समाचार ( )
६ श्रावण २०८२, सोमबार

२१ वर्षदेखि फरार रहँदै आएका कर्तव्य ज्यान मुद्दाका अभियुक्त शम्सेर बहादुर तामाङलाई संखुवासभा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाले दिएको जानकारीअनुसार तामाङलाई साउन ५ गते चैनपुर नगरपालिका–९ स्थित घरमै लुकिछिपि बसेको अवस्थामा पक्राउ गरिएको हो ।

६२ वर्षीय तामाङले २०६१ साल चैत २२ गते भोजपुर जिल्ला जरायोटार–४ निवासी ३६ वर्षीय पर्शुराम बि.क.को ज्यान लिएको अभियोगमा दोषी ठहरिएर फरार रहँदै आएका थिए । उनलाई २०६९ साल असार १७ गते धनकुटा पुनरावेदन अदालतले २ वर्ष कैद सजाय तोकेको थियो ।

गाउँघरमै फर्किएर बसिरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको टोलीले तामाङलाई पक्राउ गरेको हो ।

उनलाई संखुवासभा जिल्ला अदालतमा पेस गरिएको र अदालतको आदेशअनुसार कैद भुक्तानका लागि कारागार कार्यालय खाँदबारी पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार