भद्रपुरमा क्रिकेट प्रतियाेगिता हुने

देश प्रदेश डेस्क 5096+ समाचार ( )
२५ पौष २०८२, शुक्रबार

झापा / झापाको भद्रपुरमा कोशी पाथिभरा इन्डो–नेपाल टी–२० च्याम्पियनसिप कप क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। 

आयोजक भद्रपुर क्रिकेट क्लबले सोमबार होटल उडल्याण्ड भद्रपुरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो। प्रतियोगिता यही माघ २१ गतेदेखि २८ गतेसम्म मेची क्रिकेट ग्राउन्डमा हुनेछ । 

भद्रपुर नगरपालिकाका मेयर गणेश पाेखरेलकाे प्रमुख आतिथ्यमा भएकाे साे कार्यक्रममा प्रतियोगिताका संयाेजक तथा भद्रपुर ८ का वडाध्यक्ष गाैरब सुब्बाले प्रतियोगिताकाे विस्तृत जानकारी दिए ।

क्लबका अध्यक्ष आदित्य पराजुलीका अनुसार प्रतियोगितामा भारतका चार र नेपालका चारवटा टिमको सहभागिता रहनेछ । भारतका राइनोल्यान्ड क्रिकेट एकेडेमी गुवाहाटी, ग्लोबल स्टार क्रिकेट क्लब लखनाऊ, क्रिकेट कोचिङ उपाध्याय एकेडेमी न्यु दिल्ली र स्नो लायन टिम सिक्किमले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

त्यस्तै, नेपालका आयोजक भद्रपुर क्रिकेट क्लब, विराटनगर किंग्स डेभलपमेन्ट स्क्वाड, पोखरा एभेन्जर्स गण्डकी हिरोज डेभलपमेन्ट स्क्वाड र काठमाडौँ गोर्खाज डेभलपमेन्ट स्क्वाडले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने  छन् ।

साेहि अबसरमा क्रिकेट संघ झापाका अध्यक्ष प्रविन थापा, उद्योग वाणिज्य महासंघ काेशी प्रदेशका निवर्तमान अध्यक्ष टिकाराज ढकाल, भद्रपुर नगरका उपमेयर राधा कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख पाेखरेलले याे   प्रतियोगिता सम्मन्न गर्नका लागि सधैंभरि आफु तयार रहेकाे बताउदै सबै सञ्चारकर्मीलाई याे प्रतियोगिताकाे सकारात्मक तरवले धेरै भन्दा धेरै प्रचारप्रसार गरिदिन आग्रह गरे ।

कार्यक्रमका अध्यक्ष तथा भद्रपुर क्रिकेट क्लबका अध्यक्ष पराजुलीले कार्यक्रमकाे समापन गर्दै सुतेकाे भद्रपुर भन्ने थेगोलाई हामीले नै मेटाउनु पर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार