मुख्य समाचार
लक्ष्मी राजवंशी हत्या प्रकरणः सन्जु तामाङविरुद्ध अभियोग दर्ता, दुई रिहा | बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो |

नदीजन्य पदार्थ लिलाम बिक्रीको सूचना प्रति निर्माण व्यवसायीको आपत्ति

देश प्रदेश डेस्क 5497+ समाचार ( )
२८ माघ २०८०, आइतबार

झापा । गाउँपालिकाले विना जानकारी नदीजन्य पदार्थ लिलाम बिक्रीको सूचना प्रकाशित गरेको प्रति निर्माण व्यवसायीहरुले आपत्ति जनाएका छन् । झापा हल्दीबारी गाउँपालिकाले माघ २५ गते पालिका भित्र रहेका विभिन्न स्थानमा  अवैध रुपमा  देउनिया नदी किनारमा भण्डारण गरी राखिएका नदीजन्य पदार्थ उठाउन लिलाम बिक्रीको सूचना प्रकाशित गरेपछि व्यवसायीले आपत्ति जनाएका हुन् ।

भद्रपुर र हल्दीबारीको सिमानामा रहेको देउनिया खोलाको पश्चिम तर्फ वाड नम्बर २ मा कुमार कार्की, निलम राइ, राम गिरी, तारा डाँगी लगायतले नदीजन्य पदार्थ भण्डारण गरेका छन् । पालिकाले नियम विपरीत काम गरेको व्यवसायी तारा डाँगीले आरोप लगाए । राज्यलाइ कर तिरेर वर्षौयता देखी भण्डारण गरेर बिक्री वितरण गर्दै आइरहेको अवस्थामा विना जानकारी लिलाम बिक्रीको सूचना प्रकाशित गर्नु व्यवसायीमाथि प्रतिसोध साधेको उनको भनाइ छ । यो विषयलाइ लिएर हुनसक्ने कुनैपनि  घटना गाउँपालिकाले जिम्मा लिनु पर्ने  समेत उनले  बताए । यो विषयलाइ लिएर कानुनी प्रक्रिया  अघि सारिएको उनको भनाइ छ ।
नदी किनारमा नै नीजी जमिन हुदाहुदै भण्डारण गर्न कहाँ लैजानु  भन्दै अर्का व्यवसायी राम गिरीले बताए । नरेश धमलाको नीजी जमिन उत्खनन गरेर थुपारेको नदीजन्य पदार्थ अहिले आएर अवैध भन्नु गाउँपालिकाको गल्ती भएको उनले बताए । गाउँपालिकालाइ पटक -पटक दिवेदनसहित जानकारी गराउँदा समेत वास्ता नगरेको उनले आरोप लगाए ।

अवैध रुपमा थुपारेको नदीजन्य पदार्थ स्थानीय सरकारले जफत गरेको गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले बताए । वैधानीक भए प्रमाण लिएर आउन सम्बन्धित पक्षलाइ उनले बताए । नदीजन्य पदार्थ चोरेर भण्डारण गर्न नपाइने उनको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार