मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

गाईको पित्तथैलीको पत्थरी लाखाैं मुल्यमा किनबेच

देश प्रदेश डेस्क 5493+ समाचार ( )
८ चैत्र २०८२, आइतबार

झापा / पछिल्लो समय गाईको पित्तथैलीबाट पाइने पत्थरी (गोलस्टोन) अन्तर्राष्ट्रिय बजारमा अत्यन्त महँगो मूल्यमा किनबेच हुने गरेकाे छ। कतिपय अवस्थामा यसको मूल्य सुनभन्दा पनि बढी पर्ने गरेको भन्दै स्थानीय स्तरमा चासो र चिन्ता दुवै बढेको छ।

विशेषगरी अन्तराष्ट्रिय बजारमा गाई मरेपछि वा बध गरिएपछि त्यसको पित्तथैली खोजी गर्ने प्रवृत्ति बढेको छ। व्यापारीहरूले यो पत्थरी औषधीय प्रयोजनका लागि प्रयोग हुने भन्दै उच्च मूल्यमा खरिद गर्ने गरेका छन्। अन्तर्राष्ट्रिय बजारमा यसको प्रयोग विशेषगरी चिनियाँ परम्परागत औषधि बनाउन हुने विश्वास गरिएको छ।

चिनियाँ परम्परागत चिकित्सा प्रणालीमा ‘निउ हुआङ’ भनेर चिनिने गाईको गलस्टोन हजारौँ वर्षदेखि औषधिको रूपमा प्रयोग हुँदै आएको छ । उच्च रक्तचाप, स्ट्रोक, मुटुसम्बन्धी समस्या र चेतना गुम्ने अवस्थासम्मका गम्भीर रोगमा यसको प्रयोग हुने गर्छ । विशेषगरी अंगोंग निउहुआङ वान नामको औषधि बनाउन यो निकै महत्वपूर्ण मानिन्छ । चीनमा मस्तिष्कघातको दर अत्यधिक भएकाले यसको माग पछिल्लो समयमा झन् चुलिएको छ ।

स्थानीय स्रोतका अनुसार, सानो आकारको पत्थरीसमेत लाखौं रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। यसले गर्दा कतिपय स्थानमा गाईको अवैध बधसमेत बढ्न सक्ने खतरा देखिएको छ। पशु अधिकारकर्मीहरूले यसलाई गम्भीर अपराधको रूपमा लिँदै कडाइ गर्न माग गरेका छन्।

द वालस्ट्रिट जर्नलमा सन् २०२५ मा प्रकाशित रिपोर्ट अनुसार गाईको पित्तथैलीको पत्थरीको मूल्य प्रतिऔंस ५ हजार ८०० डलरसम्म पुगेको थियो । त्यो भनेको उक्त समयको सुनको मूल्यभन्दा झन्डै दोब्बर हो । अहिले पनि यसको मूल्य घटेको छैन ।

ब्राजिल, अष्ट्रेलिया र अमेरिकाको टेक्सास जस्ता ठाउँमा त अवस्था झन् अचम्मलाग्दो छ । ब्राजिलको साओ पाउलो नजिकैको एउटा गाउँमा त हतियारधारी समूहहरूले गाई चोर्नका लागि होइन कि गाईको शरीरभित्रको त्यो ढुंगा निकाल्न गाई फार्ममा आक्रमण गर्न थालेका छन् । कतिपय वधशालाका कर्मचारीहरूले पनि चुपचाप गाईको शरीरभित्रको पत्थरी लुकाएर बेच्ने गरेको पाइएको छ जसले कालोबजारीलाई झनै तताएको छ।

उता गाईको शरीरमा बन्ने त्यस्ता प्राकृतिक पत्थरीले नपुगेपछि चिनियाँ अनुसन्धानकर्ताहरूले प्रयोगशालामै त्यस्ता पत्थरी उत्पादन गर्न समेत थालेका छन् । ती कल्चर्ड केही हदसम्म प्राकृतिक रुपको पित्तथैलीको पत्थरीजस्तै हुने भएपनि बजारमा सक्कली कै उच्च माग छ ।

अन्तराष्ट्रिय बजारमा यसकाे तस्करी बढ्न थालेपछि याे गिराेह नेपालमा पनि सक्रिय हुनसक्ने खतारा पनि बढेकाे छ ।

यसैबीच, पशु विज्ञहरूले भने सबै गाईमा यस्तो पत्थरी नहुने र यसको मूल्यबारे फैलिएको हल्ला केही अतिरञ्जित पनि हुन सक्ने बताएका छन्। “यो दुर्लभ हुन्छ, तर यसको नाममा भइरहेको गलत प्रचारले अवैध गतिविधि बढाउने खतरा छ,” उनीहरूले चेतावनी दिएका छन्।

 अझ विचित्र कुरा त के भने मानव शरीरमा बन्ने पित्तथैलीको पत्थरीको पनि माग बढ्न थालेको छ । केही रुसी मिडियाका अनुसार चीनमा मानिसको शरीरबाट निकालिने पित्तथैलीको पत्थरीको एउटा टुक्राको मूल्य १ लाख रुबल (करिब १,२७० डलर) सम्म पर्ने गरेको छ ।

अनलाइन प्लेटफर्महरूमा यस्ता पत्थरीहरु बेच्ने विज्ञापनहरू खुलेआम देखिन थालेका छन्। मानौँ कि त्यहाँ गरगहना तथा किमती पत्थरको बिक्री भईरहेको छ ।

प्रतिक्रिया

G koirala ८ चैत्र २०८२, आइतबार

सरकारी अनुसन्धान र निगरानी बढाउनुपर्ने देखिन्छ ।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै