मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |
मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |


व्यापारीलाई धम्काएर ५ लाख असुलेको आराेपमा तीन प्रहरीसहित पाँच जना पक्राउ

देश प्रदेश डेस्क 5493+ समाचार ( )
१ आषाढ २०८२, आइतबार

झापा / व्यापारीलाई धक्काएर पाँच लाख असुलेको आराेपमा तीन प्रहरीसहित पाँच जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका दुई सहायक हवल्दार, एक जना सशस्त्र प्रहरीका जवान रहेको खुलेको छ।

पक्राउ पर्ने अरू दुई जनामा आफूलाई पत्रकार भनेर चिनाउने एक व्यवसायी र अर्को भ्रष्टाचार विरोधी अभियन्ता रहेको प्रहरीले जानकारी दिएकाे छ ।

बाँकेस्थित इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख डिएसपी लक्ष्मी खनालका अनुसार कोहलपुर नगरपालिका वडा ११ पुरानो बसपार्क नजिकको थ्रिस्टार मोबाइल पसलका  सञ्चालक लक्ष्मण कुँवरको जाहेरीका आधारमा पाँचै जना पक्राउ परेका हुन्। कुँवरले जेठ २९ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा जाहेरी दिएका थिए । 

जेठ २८ गते दिउँसो पाँच जना मानिसहरू आएर आफूलाई राजस्वको कर्मचारी बताएको र पाँच लाख नदिए फसाइदिने भन्दै डर–धम्की दिएको उनले जाहेरीमा उल्लेख गरेका छन्।

फसाइदिने भयपछि आफूले पाँच लाख रूपैयाँ उनीहरूलाई दिएको समेत उनले जाहेरीमा बताएका छन्।

कुँवरको निवेदनपछि सोही दिन लुम्बिनी प्रदेश प्रहरीबाट  लागु औषध नियन्त्रणका लागि खटाइएका प्रहरी सहायक हवलदार मोहम्मद सफिक खान, परमानन्द कुर्मी, सशस्त्र प्रहरीका जवान रामसुन्दर चौधरी, आफूलाई पत्रकारको रूपमा चिनाउने कोहलपुर नगरपालिका वडा नम्बर ११ निवासी मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ बाँकेका अध्यक्ष समेत रहेका लगोविन्द भण्डारी र पत्रकार तथा भ्रष्टचार विरोधी अभियान्ता बताउने सूर्यप्रसाद रिजाललाई पक्राउ गरिएको डिएसपी खनालले बताइन्।

आफूसँग व्यवसायी भण्डारीले रकम बुझेको पनि कुँवरले जाहेरीमा उल्लेख गरेका छन्।

कोहलपुरकी डिएसपी खनालका अनुसार पक्राउ परेका पाँचै जनाविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा मुद्दा चलाउने गरी अनुसन्धान भइरहेको छ। 

जिल्ला अदालत बाँकेले पाँचै जनालाई घटना अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न अनुमति दिएको डिएसपी खनालले बताइन्। 

‘पक्राउ परेकाहरूको बयान सम्भवतः आजैबाट सुरू होला,’ डिएसपी खनालले भनिन् ‘पप्पु भन्ने गाडी चालकको भने खोजी भइरहेको छ।’

पाँच लाख असुली धन्दाका आरोपी प्रहरी सहायक हवल्दारहरूको दरबन्दी लागु औषध नियन्त्रण ब्युरोमा रहे पनि हाल उनीहरू लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरबाट खटाइँदै आएका थिए। उनीहरू बाँके र बर्दिया जिल्लामा आगुऔषध नियन्त्रणका लागि सादा पोसाकमा खटाइने गरेको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेन्द्रप्रसाद भट्टले बताए। 

संगठनले खटाएको काम बाहेक अन्य गलत काम गरी संगठनको बदनाम गर्ने जो केही भए पनि कडा कारबाही हुने डिआइजी भट्टले बताए । 

‘संगठनको बदनाम गर्ने र व्यक्तिगत स्वार्थका लागि काम गर्ने प्रहरीमाथि अन्य अभियुक्तलाईभन्दा बढी कारबाही हुन्छ,’ उनले भने ‘कोहलपुरमा जसरी व्यवसायीले आफूलाई डर–धम्की देखाएर पैसा असुलेको उजुरी दिनु भएको छ त्यसमाथि अनुसन्धान जारी रहेको छ। दोषी देखिने जो कसैमाथि कारबाही हुन्छ।’

त्यस्तै सशस्त्र प्रहरी जवान चौधरीले भने आफूलाई बोलाएर अनाहकमा फसाइको तथा आफू घटनामा संलग्न नभएको बयान दिइरहेको प्रहरी स्रोत बताउँछ।

चौधरी पनि लागु औषध नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नम्बर ३० गणबाट खटिएका सादा पोसाकका घुमुवा हुन्। 

जेठ २८ गते दिउँसो पाँच जना भारतीय नम्बर प्लेट यूपी ५० एए ९८८५० को कारमा कोहलपुर नगरपालिका वडा नम्बर ११ पुरानो बसपार्क नजिकको ‘थ्रिस्टार मोबाइल पसल’ मा पुगेको सिसीटिभी फुटेजमा देखिएको छ। पीडित व्यवसायी कुँवरले पसमा आएकाचहरूले डर–धम्की देखाएको तथा पैसा बुझेर लगेको फुटेज पनि  प्रहरीलाई बुझाएका छन्।

यसअघि पनि यी पाँचै जनाले डर–धम्की दिने गरेको व्यवसायीहरूले बताउन थालेका छन्।

आफूलाई पत्रकार भनेर चिनाए पनि भण्डारी र रिजाल पत्रकार महासंघको सदस्य भने छैनन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार