झापा । झापामा आगामी जेठ १६ देखि २२ गतेसम्म पोलियोविरुद्धको राष्ट्रिय आईपीभी खोप अभियान २०८१ सञ्चालन गर्ने भएको छ । जिल्लाका १५ वटै पालिकामा ४५ हजार ६४८ जना बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालय झापाले जनाएकाे छ । राष्ट्रिय आईपीभी खोप अभियान देशब्यापी रुपमा जेठ १३ देखि २६ गतेसम्म सञ्चालन भइरहेको भएपनि झापामा आगामी जेठ १६ देखि २२ गतेसम्म सञ्चालन गरिने जनाइएकाे छ । कार्यालयले सोमवार सञ्चारकर्मीहरुसँग एकदिने अभिमूखिकरण गोष्ठी गरेर अभियानको तयारीका बारेमा जानकारी दिइएको हो ।
विद्दाालयले ५८ हजार ३२६ जना कुल लक्षित समुह रहेकाे जनाएपिन साे नभएकाे खोप अधिकृत राजकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार झापामा खोपका लागि ५५२ वटा खोप केन्द्र, ४९४ जना खोप दिने स्वास्थ्यकर्मी र ८३६ जना स्वयमसेवकको तयारी गरिएको छ । खोप लगाउने क्रममा कुनै बालबालिकामा समस्या देखिएमा तत्काल उपचारको ब्यवस्थासमेत मिलाइएको बताइएको छ ।
आईपीभी खोप २०७३ बैशाखदेखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकालाई मात्र दिइने खोप अधिकृत पोखरेलले बताएका छन् । उक्त तोकिएको समयमा खोप लिनबाट बन्चित समुहलाई मात्र खोप प्रदान गरिने उनको भनाई छ ।
अभियान अन्तरगत झापाका १५ वटै स्थानीय तहका तोकिएका सामुदायिक तथा संस्थागत बिद्यालयहरुमा तालिम प्राप्त स्वास्थ्यकर्मीद्धारा खोप लगाइने पोखरेलले बताए । त्यस्तै बिद्यालय बाहिर रहेका तोकिएका उमेर समुहका बालबालिकालाई पनि नजिकको खोप केन्द्रमा लगेर खोप लगाइने छ । खोप लगाउने लक्षित बर्गले खोप लगाइसकेपछि अनिवार्य अभियान खोप कार्ड पाउनेछन् र उक्त कार्ड सुरक्षित राख्नु पर्ने उनले बताए । पोलियो भाइरसले जुनसुकै उमेर समुहका मानिसलाई संक्रमण गर्न सक्ने तर, ५ बर्ष मुनिका बालबालिका बढी जोखिममा रहने पोखरेलले बताए ।
उनका अनुसार पोलियो भाइरस दूषित पानी, खानेकुराबाट एकबाट अर्को ब्यक्तिमा सर्ने, संक्रमित २०० जना मध्ये एकजनामा पक्षघात हुने, प्राय गरेर खुट्टा र हातमा हुने, पोलियोबाट पक्षघात भएका मध्ये ५ देखि १० प्रतिशतमा स्वासप्रस्वास माक्षपेशी नचल्ने र मृत्यु हुनेछ । नेपालमा सनु २०१० देखि पोलियो शुन्य अवस्थामा रहेको र नेपालले सन् २०१४ मार्च २७ गते पोलियो मुक्त प्रमाणपत्रसमेत प्राप्त गरेको छ ।
जेठ
१३ गतेदेखि शुरु भएको अभियान अन्तर्गत देशभरका १४ लाख ६२ हजार सात सय १२
बालबालिकालाई खोप लगाइदैछ । अभिमूखिकरण गोष्ठी कार्यक्रममा जनस्वास्थ्य
अधिकृत प्रकाश पाठक, जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठलगायतको
आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन नरसिङ अधिकृत सुनिता राईले गरेकी
थिइन् ।