मुख्य समाचार
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित |

झापामा दुई दिनमै दुईवटा सफारी र एउटा मोटरसाइकल चोरी

देश प्रदेश डेस्क 5491+ समाचार ( )
१ मंगशिर २०८२, आइतबार

झापामा सवारीसाधन चोरीका घटना बढ्दै गएको छ । दुई दिनमा दुईवटा सिटी सफारी र एउटा मोटरसाइकल चोरी भएको छ । शुक्रबार बिहानको राति बिर्तामोड –५ लायना होटेल अगाडी चार्जमा राखेको मेचीनगर– ६ धुलाबारी बस्ने ३३ वर्षीय रोशन राजवंशीको नाममा रहेको प्र१–०१–०२ ह ५७९९ नम्बरको हरियो रङको सिटी सफारी चोरी भएको छ ।

त्यसअघि कात्तिक २६ गते राति मेचीनगर नगरपालिका–१० आम्दा रोड बस्ने विष्णुप्रसाद पौडेलको घरअगाडि पार्किङ गरी राखिएको प्र.१–०१–००२ ह २४९२ नम्बरको सिटी सफारी हराएको थियो । कात्तिक २७ गते दिउँसो ४ बजे इलाका प्रहरी कार्यालय धुलाबारीमा सिटी धनी पौडेलले निवेदन दिएपछि खोजतलासका क्रममा चिया बगानमा सो सिटी सफारी भेटिएको प्रहरी निरीक्षक नकुलराज गौतमले जानकारी दिए ।

त्यस्तै हिजो बिहान ११ बजेतिर झापा गाउँपालिका-६ चप्रामारीस्थित बाटोमा पार्किङ गरी सोही स्थानमा धान काट्ने क्रममा वडा नं. ४ बस्ने इजाबुल भामको नाममा दर्ता रहेको प्र १–०१–०१४ प ७९३ नम्बरको रातो कालो रङको सुपर स्प्लेण्डर मोटरसाइकल चोरी भएको छ । यसअघि गत साता बिर्तामोडमा दुईवटा मोटरसाइकल चोरी भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै