मुख्य समाचार
स्रोत पुष्टि नभएको साढे ५२ लाख रुपैयाँसहित चार जनामाथि कारबाही | राजमार्गको दुवै किनारमा अवस्थित झापाका दुई आस्थाका केन्द्र | कोलोम्बियामा शक्तिशाली भूकम्प, ज्यान गुमाउनेको संख्या १११ पुग्यो | भद्रपुर नगरपालिकामा नीतिगत भ्रष्टाचार: बिना मापदण्ड कन्टिजेन्सी खाताबाटै बाडियो झण्डै १० लाख प्रोत्साहन भत्ता | झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो |
मुख्य समाचार
स्रोत पुष्टि नभएको साढे ५२ लाख रुपैयाँसहित चार जनामाथि कारबाही | राजमार्गको दुवै किनारमा अवस्थित झापाका दुई आस्थाका केन्द्र | कोलोम्बियामा शक्तिशाली भूकम्प, ज्यान गुमाउनेको संख्या १११ पुग्यो | भद्रपुर नगरपालिकामा नीतिगत भ्रष्टाचार: बिना मापदण्ड कन्टिजेन्सी खाताबाटै बाडियो झण्डै १० लाख प्रोत्साहन भत्ता | झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो |


सौर्य एअर र ओम साई पाथीभरा हस्पिटल भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजक

देश प्रदेश डेस्क 5367+ समाचार ( )
२३ माघ २०८१, बुधवार
झापा सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलले संयुक्तरुपमा ३१ लाख रुपैयाँ दिने घोषणा गरेर  भद्रपुर झापा गोल्डकप २०८१ दोस्रो संस्करणका लागि  मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा रहने भएको छ ।
बुधबार अपरान्ह् भद्रपुर ८ स्थित होटल एअरपोर्टको सभाहलमा भएको सम्झौतापत्रमा भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल र सौर्य एअर तथा ओम साई पाथिभरा हस्पिटलका तर्फबाट अध्यक्ष दिपक कुमार पोखरेलले हस्ताक्षर गरे ।
हस्ताक्षरसँगै अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ ।
यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको सम्मानस्वरुप ‘गम्भीर राई स्मृति संस्करण’ का रुपमा सञ्चालन हुनेछ ।
यसैबीच, प्रतियोगितामा नेपाल उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष एवम् सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष चण्डीराज ढकाल, नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक नवराज ढकाल, नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका पूर्व अध्यक्ष टिकाराज ढकाल एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका वर्तमान उपाध्यक्ष हेमराज ढकालले आफ्ना मातापिता रामरेखा तथा लक्ष्मण ढकालको स्मृतिमा प्रथम पुरस्कार प्रदान गर्ने जनाएका छन् ।
त्यस्तै, दोस्रो पुरस्कार अन्तर्राष्ट्रिय झापाली समाजले प्रदान गर्ने भएको छ । प्रतियोगिताको फाइनलमा टिकट काट्ने एकजना भाग्यशाली दर्शकलाई जगदम्बा मोटर्सले एक थान टिभिएस मोटरसाइकल उपहार प्रदान गर्नेछ ।
त्यस्तै, प्रत्येक दिन टिकट काट्ने एकजना भाग्यशाली दर्शकलाई महेन्द्ररत्न स्टोर बिर्तामोडका तर्फबाट एक थान हिमस्टार टिभीको व्यवस्था गरेको छ ।
प्रतियोगिता यही फागुन ७ गतेदेखि १६ गतेसम्म भद्रपुर–८ मा रहेको मेची रङ्गशालामा हुनेछ ।
रङ्गशालामा करिब २० हजार दर्शक बस्न सक्नेगरी स्थायी प्यारापिटको मर्मत तथा रङरोगन कार्य लगायत बाँसको अस्थायी प्यारापिट निर्माण कार्य अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको विजेताले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ प्राप्त गर्नेछ । गोल्डकप सम्पन्न गर्न एक करोड ७८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उत्कृष्ट गोल किप्पर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउने आयोजकले जनाएको छ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।
प्रतियोगितामा आयोजक भद्रपुर ब्लेजर्स, झापा ११, नेपालका विभागीयसहित ५ वटा ए डिभिजन क्लब तथा भारत, भुटान र बङ्गलादेशका तीन विदेशी क्लबको सहभागिता रहने गोल्डकपका अध्यक्ष ढकालले बताए ।
केही दिनमै खेलतालिका सार्वजनिक गरिने गोल्डकपका महासचिव जीवनकुमार श्रष्ेठले बताए ।
कार्यक्रममा सौर्य एअरलाइन्स तथा हस्पिटलका अध्यक्ष पोखरेलले आफ्नो ठाउँमा भएको प्रतियोगिताका लागि पहिलो प्राथमिकता स्थानीयले सहयोग गर्नुपर्ने मान्यता रहेकाले मुख्य प्रायोजन गरेको जानकारी दिए ।
गोल्डकपको संरक्षक भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले प्रतियोगिता आयोजनाले भद्रपुर तथा दक्षिण झापामा उत्साह छाएको बताए । उपप्रमुख राधा कार्कीले भद्रपुरको गौरवका रुपमा रहेको गोल्डकपलाई सहयोग गर्न आग्रह गरिन् ।
प्रतियोगिता समन्वय गरेको झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीले सफलताको शुभकामना व्यक्त गरेका थिए ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार