मुख्य समाचार
बिर्तामोड क्षेत्रमा बढ्यो चोरी , सतर्क रहन प्रहरीको आग्रह | वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द |

सन्थालहरुले बाटोमै नृत्य देखाए

देश प्रदेश डेस्क 5451+ समाचार ( )
२६ अशोज २०८१, शनिबार

झापा बिर्ताबजारको दशै मेलामा नाच देखाउन आठवटा टोली भेला भएकोमा उनीहरुलाई बाटोमा नृत्य देखाउन समस्या भएपछि सन्थालहरुले बाटोमै नृत्य देखाएका छन् । बिर्तामोड– भद्रपुर रोड र बिर्ताबजार जोड्ने पुरानो भद्रपुर रोडमा उनीहरुले मुश्किलले आ–आफ्ना समूहको सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । 

कुनै समूहले नृत्य देखाइरहेका थिए भने कुनै समूहले ठाउँको अभावमा नृत्य देखाउन सकिरहेका थिएनन् । सन्थालहरुले पुरै सडक ढाकेर नृत्य देखाइरहँदा करिव एक घण्टा सडक अवरुद्ध भई ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो । बिर्ताबजारको ऐतिहासिक एवं धार्मिक महत्वको दुर्गा मन्दिरमा परापूर्वकालदेखि दशैको टीकाको दिन मेला लाग्दै आएको छ । अहिलेको शिवालयदेखि पश्चिमपट्टी स्वर्गीय सतानुसिंह राजवंशीले दान दिएको करिव एक विगाह जग्गा खाली रहेको थियो । जहाँ सन्थालहरुले सामूहिक नृत्य देखाउने गर्थे । त्यस जग्गामा अहिले महेन्द्ररत्न मावि र अनारमनी पव्लिक क्याम्पसको भवन बनाइएको छ । सोही दुर्गा मन्दिरको लागि डोमालाल राजवंशीले करिव

१२ विगाह जग्गा दान दिएका थिए । त्यो जग्गा देवी गुठीमा रहेका व्यक्तिहरुले मासिसके । यसरी ऐतिहासिक मठमन्दिर र मन्दिरका जग्गा मासेर आदिवासीहरुले दान दिएको जग्गा जमिनसंगै उनीहरुको संस्कार,संस्कृति र पहिचान नष्ट गर्ने गलत प्रवृति बढ्दै गएको बिर्तामोड–३ सैनिकमोडका सूर्य राजवंशी गुनासो गर्छन् । बिर्ताबजारको मात्र होइन ,गरामनीको दुर्गा मन्दिरको जग्गा पनि मासिएको छ । ठाउँकै अभावमा गरामनी मेला घट्दै गएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार