मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |
मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |


पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन

भेषराज नेपाल 145+ समाचार ( )
२९ भाद्र २०८३, सोमबार

झापा /  लगातारको वर्षापछि उदयपुरको बेलका नगरपालिका–४ आहालेमा करिब पाँच किलोमिटरभन्दा बढी क्षेत्रको जमिन चिराचिरा परेर पहिरो जान थालेपछि स्थानीयमा त्रास फैलिएको छ। पहिरोका कारण तीन घर पूर्ण रूपमा बगेका छन् भने थप नौ घर बस्नै नमिल्ने अवस्थामा पुगेपछि नौ परिवार घरबारविहीन भएर छिमेकी गाउँ चम्पाकोटमा आश्रय लिन बाध्य भएका छन्।

शुक्रबार राति करिब ७ बजेदेखि पहिरो जान थालेपछि आहालेका स्थानीय ज्यान जोगाउन घर छाडेर जंगलतर्फ भागेका थिए। पहिरोले घर तथा जमिनमा क्षति पुर्‍याएपछि उनीहरूले घरभित्र रहेका भाँडाकुँडा, लत्ताकपडा, खाद्यान्नलगायतका सामानसमेत निकाल्न पाएनन्। कतिपयका पशुचौपाया पनि गोठमै छाडिएका छन्।

तीन घर पूर्ण रूपमा पहिरोले बगाएको छ । जमिनमा धाँजा फाटेर घरभित्र चिरा परेका कारण नौ घर बस्न मिल्ने स्थितिमा छैनन् । राति ७ बजेदेखि पहिरो जान थालेपछि स्थानीय घर छाडेर जंगलतिर भागेका थिए । घरका सरसामानसमेत निकाल्न पाएनन् । पशुचौपायासमेत गोठमै थिए ।

जंगलतिर भागेका उनीहरूले जसोतसो ज्यान बचाए । ५५ वर्षीय रहरमान राई शनिबार बिहान मात्रै परिवारको सम्पर्कमा आए । शनिबार घटनास्थल पुग्दा उनले बोल्न सकेनन् । भयानक घटनापछि उनी मानसिक रूपमा विक्षिप्त छन् ।

घर छाडेर भागेका स्थानीय अहिले चम्पाकोटस्थित छिमेकीको घरमा अस्थायी बसोबास गरिरहेका छन् । केहीले शनिबार दिउँसो भत्केको घरमा रहेका सरसामान जंगलमा लगेर थन्काएका छन् ।

पहिरोबाट तीन घर पूर्ण रूपमा बगेका छन्। जमिनमा धाँजा फाट्दै घरका भित्तासमेत चर्किएपछि थप नौ घरमा बस्न सक्ने अवस्था नरहेको स्थानीयले बताएका छन्। विस्थापित परिवार अहिले चम्पाकोटका आफन्त तथा छिमेकीका घरमा अस्थायी रूपमा बसिरहेका छन्।

घटनापछि स्थानीयको दैनिकीसमेत प्रभावित भएको छ। आहाले र चम्पाकोट क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ भने करिब सात किलोमिटर सडकसमेत क्षतिग्रस्त भएको जनाइएको छ। सडक बिग्रिएका कारण प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउनसमेत कठिनाइ भइरहेको छ।

बेलका नगरपालिकाले शनिबार ट्याक्टरमार्फत तत्कालका लागि केही राहत सामग्री प्रभावित क्षेत्रमा पठाएको थियो। प्रभावित परिवारलाई त्रिपाल र खाद्य सामग्री वितरण गरिएको छ। तर निरन्तर वर्षा भइरहेका कारण पहिरोको जोखिम थप बढ्दै गएको स्थानीयको भनाइ छ।

बेलका–८ का वडाध्यक्ष जयकुमार राईका अनुसार पाँच किलोमिटरभन्दा बढी क्षेत्रमा जमिन चिरिएको छ र ठाउँ–ठाउँमा पहिरो बगिरहेको छ। खेतबारी तथा जंगलसमेत चिराचिरा परेका छन्। पहिरोका कारण मैनामैनी–मचुङटार सडक र आहालेडाँडा पुग्ने सडकमा समेत ठूलो क्षति पुगेको छ।

आहालेडाँडा समुद्री सतहदेखि करिब १ हजार १ सय ९५ मिटर उचाइमा रहेको क्षेत्र हो। बेलका नगरपालिकाको उच्च स्थानमध्ये एक रहेको आहालेडाँडामा व्यावसायिक प्याराग्लाइडिङको टेकअफसमेत हुँदै आएको थियो। तर पहिरोका कारण अहिले उक्त क्षेत्रमा पुग्नसमेत कठिन भएको छ। पर्यटन व्यवसायीका अनुसार पहिरोले स्थानीय पर्यटन विकासमा समेत ठूलो असर पुर्‍याएको छ।

पहिरोका कारण बालबालिकाको पढाइसमेत प्रभावित भएको छ। विद्यालय जाने बाटो पहिरोले बगाएपछि विस्थापित परिवारका बालबालिका विद्यालय जान पाएका छैनन्। उनीहरूका किताब–कापीसमेत क्षतिग्रस्त घरमै रहेकाले निकाल्न सक्ने अवस्था छैन।

स्थानीयका अनुसार केही मिनेट ढिला भएको भए ठूलो मानवीय क्षति हुन सक्ने अवस्था थियो। पहिरोले गाउँ नै जोखिममा परेपछि स्थानीयमा रातभर त्रास कायमै रहेको छ।

बेलका नगरपालिकाकी उपप्रमुख जिरा राईले पाँच किलोमिटरभन्दा बढी जमिन चिरा परेर यति ठूलो पहिरो जानु सामान्य वर्षाजन्य पहिरो मात्र नभएको हुनसक्ने बताएकी छन्। उनले भूगर्भविद् बोलाएर घटनाको अध्ययन तथा जोखिम मूल्यांकन गर्नुपर्ने आवश्यकता औँल्याएकी छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार