मुख्य समाचार
बिर्तामोडका गिरी धरौटीमा रिहा | ग्यास उद्योग महासंघ भन्छः मागअनुसार नियमित आपूर्ति भइरहेको छ | करेन्ट लागेर घाइते विद्युत् कर्मचारीलाई झण्डै २० लाख क्षतिपूर्ति | ‘पाता कस्ने’ अभिव्यक्तिले चर्कियो ग्यास विवाद, मन्त्रीसँग माफी माग्न उद्योगीको माग | बाढीपछि प्रश्नैप्रश्न : रविको माग–‘अब दल होइन, संसद् नै विपद्को मोर्चामा उभिनुपर्छ’ | भद्रपुरमा दर्दनाक दुर्घटना : बोलेरोबाट मार्बल झार्दा किचिएर मजदुरको मृत्यु | शहीद दिवसमा प्रधानमन्त्रीको प्रतिबद्धता : ‘जेनजी, सुशासन कायम भएरै छाड्नेछ’ | जसको विगत विवादै–विवादमा, उनीहरू नै जेनजी स्मृति सभाका अतिथि | प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु | जेन्जी छानबिन प्रतिवेदन : दोषी खोज्न बनाइएको आयोग, दोषी जोगाउन दराजमा राखिएको हो प्रतिवेदन ? |

बैंकिङ कसुर मुद्दाका २ फरार प्रतिवादी पक्राउ

देश प्रदेश डेस्क 5437+ समाचार ( )
२५ कार्तिक २०८०, शनिबार

झापा झापा प्रहरीले बैंकिङ कसुर मुद्दाका २ फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका-२ का ३१ वर्षीय शम्सेर कन्दंवा र मेचीनगर नगरपालिका-१० कि ३७ वर्षीया जुनु तिम्सिना रहेको झापाका डिएसपी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए।

उच्च अदालत विराटनगरको इलाम इजलासले असोज ६ गते कन्दंवालाई बैंकिङ कसुर मुद्दामा ७ दिन कैद, ७ लाख ५० हजार जरिवाना र पीडित राहत कोषमा ३० हजार जम्मा गर्न आदेश दिएको थियो।

त्यसयता उनी फरार थिए। उनलाई शुक्रबार इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको डिएसपी रिजालले जानकारी दिए।

त्यस्तै उच्च अदालत विराटनगरको इलाम इजलासले नै जेठ  ३१ गते जुनु तिम्सिनाविरूद्धको बैंकिङ कसुर मुद्दामा उनलाई ५ लाख जरिवाना र २० हजार पीडित राहत कोषमा जम्मा गर्न र ५ दिनको कैद सजाय सुनाएको थियो।

त्यसयता फरार रहेका तिम्सिनालाई शुक्रबार इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका दुबै जनालाई कैद भुक्तानका लागि  कारागार कार्यालय झापा पठाइएको डिएसपी रिजालले जानकारी दिए। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार