मुख्य समाचार
मोरङ कारागारका कैदीबन्दीको साढे १३ लाख भत्ता गायब, गुन्डा नाइके अभिषेक गिरी पक्राउ | दुर्गा प्रसाईले झापामा ल्याए धवल शम्सेर राणालाई | कांग्रेस नेता अभिषेक गिरी पक्राउ | रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी | झापामा एकैदिन ५५ ग्राम ब्राउन सुगरसहित ४९ जना पक्राउ | भद्रपुर ५ मा दुईजना किशोरीलाई एकै ठाउँमा दुईजना युवाले गरे बलात्कार | ‘लागुऔषध दुव्र्यसनमा विद्यार्थीको भूमिका’ विषयक निबन्ध प्रतियोगितामा कन्काईकी अनुष्का प्रथम | रास्वपाको केन्द्रीय सदस्यमा झापाबाट तीनजना निर्वाचित | बिर्तामोडमा ट्रिफरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु, स्थानीय आक्रोशित | झापा र इलामका बन्द चिया उद्योग आजैदेखि सञ्चालनमा आउने, आन्दोलनका कार्यक्रम स्थगित |

झापामा माग गरिएकाे भन्दा ६८२ जना बढिकाे निर्वाचन प्रहरीमा आवेदन

देश प्रदेश डेस्क 5246+ समाचार ( )
५ माघ २०८२, आइतबार

झापा / आगामी फागुन २१ गते तय भएकाे प्रतिनिधिसभा सदस्यकाे निर्वाचनमा सुरक्षाका लागि माग गरिएकाे निर्वाचन प्रहरीमा मागिएकाे सङ्ख्या भन्दा  ६८२ जना बढिले आवेदन दिएका छन् ।

झापामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त  ४ हजार ७९७ जना निर्वाचन प्रहरी भर्ना गरिनेमा यस पटक ६८२ जनाको माग भन्दा बढी आवेदन परेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए। 

नेपाल प्रहरीमा ५ हजार २०१ र सशस्त्रमा २७८ जनाले आवेदन फाराम भरेका थिए। आवेदन दिनेमा महिला १ हजार ५२९ र पुरुष ३ हजार ९८३ जना रहेका छन्। जिल्लामा अघिल्लो निर्वाचनहरूको तुलनामा यस पटक आवेदन दिनेको सङ्ख्यामा कमी आएको छ। पहिलो चरणमा आवेदन दिनेहरूमध्ये छनोटमा परेकाहरूको नामावली माघ ४ गते प्रकाशन गरिने डीएसपी खड्काले बताए। त्यसपछि दोस्रो चरणमा छनोटमा परेकाहरूको स्वास्थ्य तथा शारीरिक परीक्षण गराउने र तेस्रो चरणमा लिखित परीक्षा लिएर त्यसपछि मात्र अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम रहेको उनले बताए। 

२०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि झापामा २ हजार ७ सय ६४ म्यादी प्रहरी माग सङ्ख्या रहेकोमा ८ हजार ४३९ जनाले आवेदन फारम भरेको थियो। त्यस बेला झन्डै चार गुणाले माग सङ्ख्या बढी थियो। २०७९ मंसिर ४ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा ६ हजार ९५८ जनाले दरखास्त दिएकोमा ३४९० जना उत्तीर्ण भएका थिए। २०७४ मंसिर २१ गते भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सुरक्षाका लागि झापामा ७ हजार ९ सय जनाले आवेदन फाराम भरेकोमा २ हजार ७५५ जना म्यादी प्रहरी भएको थियो। यो तथ्याङ्क अनुसार यस पटकको निर्वाचन प्रहरीको जागिर खान युवायुवतीहरू त्यति इच्छुक देखिएन। 

डीएसपी खडका भन्छन्, ‘अघिल्लो वर्षहरूको तुलनामा यस पटक कम आवेदन परेको हो।’ आवेदन फाराम कम परेपछि दुई दिन म्याद पनि थपिएको उनको भनाई छ। निर्वाचन प्रहरीले नेपाल प्रहरी जवानको सुरु तलब स्केलसरह प्रतिदिन आठ सय ६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनसम्मका लागि ३४ हजार ७७६ पाउनेछन्। निर्वाचनको क्रममा खटिने निर्वाचन प्रहरीलाई खटिएको ठाउँमा आउने र जाने तयारीस्वरुप एक पटकको लागि एकमुष्ट ८ सय ४६ का दरले तयारी खर्च उपलब्ध गराइनेछ र प्रतिदिन प्रतिनिर्वाचन प्रहरीलाई तीन सयको दरले चार दिनका लागि एकमुष्ट एक हजार २०० खाजा खर्च उपलब्ध गराइनेछ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार