मुख्य समाचार
सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु | सुनसरी कप्तानगञ्ज घटना: उच्चस्तरीय छानबिन टोली विराटनगरमा, अनुसन्धान र बयान लिने कार्य सुरु | सुनसरी घटनाः सीडीओसहित पाँच सुरक्षा अधिकारी तानिए | अरुणोदय मावि परिसरको भवनमा शिक्षिकाको शव | नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै |

राष्ट्रिय भुमि आयोगका कर्मचारीहरू हल्दिबारीमा घुष माग्दा माग्दै पक्राउ

देश प्रदेश डेस्क 5336+ समाचार ( )
साङ्केतिक तस्वीर
२२ अशोज २०८०, सोमबार

झापा राष्ट्रिय भूमि आयोग बाट झापाको हल्दिबारी गाउँपालिकामा खटिएका ३ जना कर्मचारीहरू भष्ट्राचार गरिरहेको अबस्थामा रंगेहात फेला पारेपछि जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीहरुले कानुनी दायरामा ल्याउन आज जिल्ला प्रशासन कार्यालय झापामा बुझाएका छन् ।

हल्दिबारी वडा नं १ का गणेशप्रसाद पौडेलको जग्गा को मोठ कायम गर्दा ३९ हजार ६ सय को बिल काटेर ८० हजार लिएपछि घटना सार्बजनिक भएको हो। पिडित गणेशप्रसाद पौडेलले जुम्ला जिल्लाको सिजा गा .पा का २३ वर्षीय मोहन नेपाल, दोलखा तामाकोशी गा पा ४ का २२ वर्षिय विवेक पोखरेल र कैलालीको जानकी गा .पा ८ का २३ वर्षिय कमल खनाल विरूद्ध आज जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दर्ता गरेका छन्।

हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन भने ” स्थानीय बाट गुनासो आएपनि प्रयाप्त प्रमाण थिएन, हिजो राति गणेशप्रसाद पौडेल बाट ८० हजार लिएर ३९ हजार ६ सय को मात्रै बिल काटेको सुचना आएपछि घटना बाहिर आएको हो।” उनले भने” भष्ट्राचार सानो ठुलो हुदैन, अपराध गर्नेले कानुनी कारवाही भोग्नैपर्छ।यसैगरी १ नं वडाका वडा अध्यक्ष देवी बहादुर थापाले भष्ट्राचारीले कुनैपनि हालतमा उन्मुक्ति पाउन नहुने भन्दै कारवाहीको माग गरेका छन्।

यसैगरी कार्यपालिका सदस्य शान्ता शिवाकोटीले भनिन “रातको १२ बजे अभियुक्तको कोठाबाट नगद सहित पक्राउ परेका उनीहरुलाई कसैले दवाबमा छुटकारा दिएर भष्ट्राचार गर्न प्रोत्साहन गर्न नमिल्ने जिकिर गरेकी छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै