मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

गैरनेपालीलाई नागरिकता दिने तत्कालीन वडाध्यक्ष राजवंशी कारागार चलान

देश प्रदेश डेस्क 5495+ समाचार ( )
१८ भाद्र २०८०, सोमबार

झापा । झापामा झुटा विवरण पेस गरी नेपाली नागरिकता बनाई दिएको मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ९ नम्बर वडा कार्यालयका तत्कालीन वडा अध्यक्ष ५२ वर्षीय शनिलाल राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

उच्च अदालत विराटनगर इलाम इजलासको २०८० जेठ २४ गतेको फैसला अनुसार तत्कालीन वडा अध्यक्ष राजवंशीलाई झुटा विवरण पेस गरी नागरिकता बनाई दिएको मुद्दामा १ वर्ष ३ महिना कैद र एक लाख जरिवानासहितको सजाय सुनाएका थिए । अदालतको फैसला सुनाएदेखि फरार रहेका राजवंशीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो । पक्राउ परेका उनलाई अदालतमा पेस गरी कैद भुक्तानका लागि झापा कारागार चलान गरिसकेको डीएसपी रिजालले बताए । घटना विवरण अनुसार जिल्ला प्रशासन कार्यालय झापाबाट विसं २०७३ देखि २०७६ सम्ममा १६ गैर नेपालीलाई नागरिकता दिइएको थियो । आर्थिक प्रलोभनमा परी राजवंशीसहित प्रशासन कार्यालय कर्मचारीदेखि अन्य जनप्रतिनिधिहरू समेत घटनामा मुछिएका थिए ।

गैर नेपालीलाई नागरिकता दिँदा विभिन्न बिचौलियामार्फत नक्कली जन्मस्थान कायम गराएको थियो । नागरिकता वितरण गर्दा टेकबहादुर गुरुङ र रिना गुरुङलाई बुबाआमा कायम गर्दै नौ जनालाई नागरिकता दिएका थिए । टेकबहादुर र रिनालाई बुबाआमा कायम गरेर नागरिकता लिनेमा नवाङ सिसाप गुरुङ, रिगजेन छोडेन गुरुङ, धोनसेल गुरुङ, वाङ्मो गुरुङ, डोल्मा गुरुङ, पेमा डोल्कर गुरुङ, छिरिङ डिकी गुरुङ र लोब्सान गुरुङ रहेका थिए । उनीहरू सबैको ठेगाना झापा कायम गरिएको थियो । 

गैरकानूनी रूपमा नागरिकता पाउनेमा धाइजन–६ झापाका लाक्पा शेर्पा, सञ्जय अग्रवाल, अयुव आलम, ज्योति विश्वास दास, नवाङ डेचेङ तामाङलगायत थिए ।  प्रशासन कार्यालय झापाले गैरकानूनी रूपमा २०७६ जेठ १२ मा  तीनलाई, जेठ २० मा  एकलाई र  जेठ २१  तीन जनालाई नागरिकता वितरण गरेको थियो । यसैगरी,  २०७६ जेठ ६ मा चारलाई नागरिकता दिइएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार