मुख्य समाचार
एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी |

प्रदेश र स्थानीय सरकारको बेरुजु २२ अर्बभन्दा बढी

देश प्रदेश डेस्क 5492+ समाचार ( )
१८ जेठ २०८१, शुक्रबार

झापा । कर्णालीमा प्रदेश सरकार र स्थानीय सरकारको गरी कुल बेरुजु २२ अर्ब ७५ करोड ७३ लाख ६४ हजार रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले प्रमुख तिलक परियारलाई बुझाएको कर्णाली प्रदेशको छैटौँ लेखा परीक्षण प्रतिवेदनमा सो कुरा उल्लेख रहेको हो । 

आर्थिक वर्ष (आव) २०७९–८० को प्रतिवेदन अनुसार गत वर्ष प्रदेश सरकारको ९६ करोड ७७ लाख ५२ हजार बेरुजु देखिएको छ । यो लेखा परीक्षण गरिएको कुल बजेटको २.५९ प्रतिशत हो । 

महालेखा परीक्षकको कार्यालयले गत वर्ष प्रदेशका मन्त्रालय, मन्त्रालय मातहतका कार्यालयदेखि समितिहरूको गरी १५५ वटा निकायको ३७ अर्ब ३३ करोड ६८ लाख ०७ हजारको लेखा परीक्षण गरेको थियो । 

महालेखाका अनुसार गत वर्षसम्म कर्णाली प्रदेशको ४ अर्ब ३४ करोड १५ लाख ८५ हजार बेरुजु थियो । तर, प्रदेशमा बेरुजु घटाउने विषयमा कुनै छलफल पनि भएको थिएन । अहिले प्रदेश सभाको लेखा समितिको सभापतिमा जीतबहादुर मल्ल आएसँगै बेरुजु घटाउने विषयमा अग्रसर हुँदै आएका छन् ।

अहिले १ अर्ब ३७ करोड ९० लाख ४९ हजार बेरुजु फर्स्यौट गरिएको छ । गत आवको ९६ करोड ७७ लाख ५२ हजार समेत अद्यावधिक भई अब कर्णालीको कुल बेरुजु ३ अर्ब ९४ करोड ८२ लाख ५४ हजार रहेको छ । प्रदेश सभाको पहिलो कार्यकालमा बेरुजु न्यूनीकरणमा सरकारले ध्यान नदिएपछि प्रत्येक वर्ष बढ्दै गइरहेको थियो । 

लेखा समितिले सरकारलाई पटक–पटक निर्देशन दिएपछि सरकारले त्यतातर्फ ध्यान दिई बेरुजु रकम घटाउँदै लगेको छ । हेर्नुहाेस् बेरुजु विवरण

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार