मुख्य समाचार
नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ | बिर्तामाेडबाट ५ किलाे गाजासहित दुइजना पक्राउ | ‘लु’ को जोखिमबाट जोगिन पूर्वतयारी आवश्यक |

धनगढीबाट काँकडभिट्टा आउँदै गरेको बस दुर्घटना, सात जनाको मृत्यु

देश प्रदेश डेस्क 5164+ समाचार ( )
७ आषाढ २०८२, शनिबार

झापा / धनगढीबाट काँकडभिट्टा आउँदै गरेको बस चितवनमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका वडा नं.४ खहरेपुलमा माइक्रो र बस ठोक्किएको हो । आज विहान १०ः१५ बजे धनगढीबाट काँकडभिट्टातर्फ आउँदै गरेको प्रदेश १–०१–००१ख ३५८३ नब्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको इभी गाडी ठोक्किएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रवीन्द्र खनालले दुर्घटनामा सात जनाको मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा मकवानपुर हटिया ३ बस्ने बर्ष ५५ का सोमप्रसाद रुपाखेती, हेटौंडा ५ बस्ने बर्ष ५३ की मैंयाकुमारी न्यौपाने, पहिचान नखुलेको अन्दाजी १९ की महिला, पहिचान नखुलेको अन्दाजी बर्ष २४/२५ की महिला, पहिचान नखुलेको अन्दाजी २२/२३ का पुरुष रहेका छन् । उनीहरुको भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकाहरुमा पहिचान नखुलेकी अन्दाजी वर्ष ३०/३५ की गर्भवती महिला, त्यस्तै पहिचान नहुखेको ३५/४० वर्षका एक पुरुष व्यक्ति रहेको डीएसपी खनालले जानकारी दिए ।

घाइते हुनेहरुमा मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा नं. १३ बस्ने बर्ष १६ का सक्षम थापा, हेटौंडा १२ बस्ने बर्ष ३२ का सिंहबिर घलान, हेटौंडा ४ बस्ने बर्ष ३१ का बिष्णु लम्साल, हेटौंडा ८ बस्ने बर्ष ३४ की गंगा घलान रहेका छन् । त्यस्तै झापा गौरादह नपा ९ बस्ने वर्ष अन्दाजी ६५ की सुशीला बराल, सोही स्थानकी ६७ वर्षीया उमा बराल, कञ्चनपुर बेलौरी नगरपालिका ४ बस्ने ४८ वर्षीय वीरबहादुर जैसी, रुकुम पश्चिम आठबिस्कोट नगरपालिका ९ बस्ने ३० वर्षीय सन्देश ओली रहेका छन् । अन्य १० जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै