मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

चार महिनाअघि दुर्घटनामा घाइते बिर्तामोडका श्रेष्ठको निधन

देश प्रदेश डेस्क 5495+ समाचार ( )
२९ जेठ २०८१, मङ्गलबार

झापा । करिव चार महिनाअघि सवारी दुर्घटनामा परी घाइते भएका बिर्तामोड ४ का १६ वर्षीय अंशु श्रेष्ठको उपचारका क्रममा निधन भएको छ ।

बिर्तामोडको बीएण्डसी हस्पिटलमा उपचारका क्रममा आइतवार बिहान ७ बजे उनको मृत्यु भएको हो । गत माघ १२ गते अन्दाजी साँझ ५.४५ बजेको समयमा बिर्तामोड ३ दुर्गा पाटी प्यालेस छेउस्थित भित्री पक्की सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गइरहेको प्र१–०१–००१च ७१५३ न. को कार र बिपरित दिशातर्फ आउँदै गरेको मे ६प १६१२ न. को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड ४ बस्ने १८ वर्षीय सचिन खतिवडा र सोही मोटरसाइकलको पछाडि सवार वडा नं ३ बस्ने १९ वर्षीय कलिस लिम्बू सकुशल रहेका थिए भने सोही मोटरसाइकलको पछाडि सवार अंशु श्रेष्ठको खुट्टामा चोट लागेर सामान्य घाइते भएका थिए । उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पुर्याएर सामान्य उपचारपश्चात् डिस्चार्ज भई घर ल्याइएकोेमा राति समस्या परेपछि थप उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर पठाइएको थियो । माघ १३ गते इलाका प्रहरी कार्यालय बिर्तामोडमा खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिगई कार र कार चालक बिर्तामोड ५ बस्ने ३० वर्षीय विशाल बिकलाई नियन्त्रणमा लिएको थियो ।

जेठ १० गते घाइते अंशुलाई थप उपचारको लागि बीएण्डसी अस्पताल ल्याइएको थियो । उपचारका क्रममा आइतवार बिहान ७ बजे उनको मृत्यु भएको हो । घटनाको जानकारी प्राप्त भएपश्चात् कार चालक विकलाई नियन्त्रणमा लिन समन्वय भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै