मुख्य समाचार
मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ |

२० वर्षीय युवकको हत्या आरोपमा दुईजना पक्राउ

देश प्रदेश डेस्क 5450+ समाचार ( )
८ भाद्र २०८०, शुक्रबार
झापा नवलपरासीको देवचुली नगरपालिका-३ घर भई चितवको भरतपुर नगरपालिका-३ बाह्रघरे बस्दै आएका २० वर्षीय रचन श्रेष्ठको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

श्रेष्ठ बिहीबार धादिङको ताल्ती जंगलमा मृत फेला परेका थिए। उनका बाबु तिलक श्रेष्ठको किटानी जाहेरीका आधारमा पक्राउ परेका दुई जनालाई धादिङ प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-४ का २५ वर्षीय लादेन भन्ने बिनय गौतम र सिराहाको धनगढिमाई नगरपालिका-१ का २१ वर्षीय बब भन्ने योगेन्द्र साह छन्।

गौतमलाई  धादिङको गजुरी गाउँपालिका-२ मझुवा डाँडाबाट र  शाहलाई इलाका  प्रहरी लहानको टोलीले उनकै घरबाट पक्राउ गरिएको धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए।

पक्राउ परेका दुबै जनाविरूद्ध  कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत धादिङबाट ९ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको एसपी मिश्रले जानकारी दिए।

दुबै जनालाई इलाका प्रहरी कार्यालय गजुरीको हिरासतमा राखेर घटनाको अनुसन्धान भइरहेको उनले बताए।

साउन ३१ गतेदेखि हराएका रचनको शव एकसातापछि ताल्तीको जंगलमा सडेगलेको अवस्थामा भेटिएको थियो। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै