मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |

कतारको ग्यास प्लान्टमा भयानक विस्फोट: ५४ जना घाइते, १८ बेपत्ता; नेपाली श्रमिकहरू पनि प्रभावित

देश प्रदेश डेस्क 5490+ समाचार ( )
८ आषाढ २०८३, सोमबार

झापा / कतारको राजधानी दोहाबाट करिब ८० किलोमिटर उत्तरमा रहेको प्रमुख एलएनजी (तरलीकृत प्राकृतिक ग्यास) उत्पादन केन्द्र रासलाफान औद्योगिक सहरको बरजान ग्यास प्रशोधन केन्द्रमा आइतबार राति भयानक विस्फोट भएको छ।

कतारको गृह मन्त्रालय र सरकारी स्वामित्वको कम्पनी कतार इनर्जीका अनुसार, बन्द रहेको प्लान्ट पुनः सञ्चालन गर्ने क्रममा "प्राविधिक गडबडी" का कारण आन्तरिक विस्फोट र आगलागी भएको हो।

विस्फोटको आवाज यति शक्तिशाली थियो कि त्यसको धक्का राजधानी दोहासम्म महसुस गरिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। 
विस्फोट भएको रासलाफान औद्योगिक क्षेत्र कतारमा नेपाली, भारतीय र बङ्गलादेशी मजदुरहरू ठूलो संख्यामा कार्यरत रहेको क्षेत्र हो। विशेषगरी यो प्लान्टमा नेपाली श्रमिकहरू स्काफोल्डिङ र प्राविधिक काममा संलग्न रहने गरेका छन्। दुर्घटनामा घाइते र बेपत्ता हुनेहरूमा नेपाली श्रमिकहरू पनि परेको प्रारम्भिक जानकारी प्राप्त भए तापनि उनीहरूको नाम र विस्तृत विवरण कतारी अधिकारीहरू तथा दोहास्थित नेपाली दूतावासले आधिकारिक रूपमा सार्वजनिक गर्न बाँकी छ। 
कतारको गृह मन्त्रालयले जारी गरेको आधिकारिक विज्ञप्तिअनुसार हालसम्म ५४ जना घाइते भएको पुष्टि भएको छ भने १८ जना अझै बेपत्ता छन्। कतार अन्तर्राष्ट्रिय खोज तथा उद्धार समूह (लख्विया) र नागरिक सुरक्षा (सिभिल डिफेन्स) टोलीहरूले रातिदेखि नै बेपत्ताहरूको खोजी कार्य तीव्र पारेका छन्। 
प्रशासनले आपत्कालीन टोली परिचालन गरी आगो पूर्ण रूपमा नियन्त्रणमा लिइसकेको र वायुमण्डलमा सर्वसाधारणको स्वास्थ्यलाई असर गर्ने खालको कुनै हानिकारक ग्यास चुहावट नभएको स्पष्ट पारेको छ। हाल घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ र बेपत्ताहरूको खोजी कार्य जारी छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार