मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

भद्रपुरमा १५० जना यूवालाइ नमूना संयुक्त राष्ट्र संघको अभ्यास गराइने

देश प्रदेश डेस्क 5449+ समाचार ( )
२९ वैशाख २०८१, शनिबार

झापा झापाको भद्रपुरमा नमूना संयुक्त राष्ट्र संघको अभ्यास कार्यक्रम (बीएमएमयूएन–२०२४) हुने भएको छ ।

भद्रपुर नगरपालिका युवा परिषद्को आयोजनामा बैशाख ३० गतेदेखि जेठ २ गतेसम्म नमूना संयुक्त राष्ट्र संघको अभ्यास हुन लागेको हो । आज नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी नमूना संयुक्त राष्ट्र संघको अभ्यास बारे जानकारी दिइयो ।

युवाहरुको नेतृत्व विकास टेवा पुर्याउने उद्देश्यले ‘भद्रपुर मुनिसिपालिटी मोडल युनाइटेड नेशसन–२०२४’को आयोजना हुन लागेको नगर युवा परिषद्का सदस्य सचिव योगेन्द्र पौडेलले जानकारी दिए ।

मेची बहुमुखी क्याम्ससँगको सहकार्यमा कार्यक्रम गर्न लागेकाे उनले बताए । चार दिनसम्म सञ्चालन हुने कार्यक्रममा  बिहान रजिष्ट्रेशन र ओरेन्टेशन पछि दिउँसो २ बजे कार्यक्रम उद्घाटन हुने जनाइएको छ ।

नमूना संयुक्त राष्ट्र संघको अभ्यास कार्यक्रममा १६ देखि २४ वर्ष उमेर समूहका नगरका १५० जना युवा सहभागी हुने छन् । जसमध्ये १३० जना कार्यक्रममा सहभागी हुनेछन् भने २० जना स्वयम्सेवक हुनेछन् ।

मेची बहुमुखी क्याम्पस, वीरेन्द्र मावि र अनलाइन आवेदनको माध्यमबाट सहभागी छनोट गरिएको जनाएको छ । सबै कार्यक्रम अंग्रेजी भाषामा हुने भएकाले सहभागी सोही अनुसार छनोट गरिएको आयोजकले जनाएको छ ।

युवालाई अन्तराष्ट्रिय कुटनीति र नेतृत्व विकास, संयुक्त राष्टसंघको कार्य, भूमिका, महासभाको अभ्यास गर्न, अन्तराष्ट्रिय सवालहरुमा पैरवी गर्न, दीगो विकास लक्ष्य बारे बहस गर्न, मानव अधिकार, सुरक्षा परिषद् लगायतका विषयमा प्रशिक्षित गराउने उद्देश्यले कार्यक्रम गर्न लागिएको नगर युवा परिषद् कार्यकारी उपाध्यक्ष सरोज ढकालले जानकारी दिए ।

 नगरमा रहेका करिब २९ हजार युवाहरुलाई क्रमशः यस प्रकारका कार्यक्रम गरी प्रशिक्षित गर्दै जाने उनले बताए  । कार्यक्रममा प्रशिक्षक डा. एकराज दाहालले स्थानीय तहबाट सम्भवत यस प्रकारको कार्यक्रम पहिलो भएको बताए । कार्यक्रममा भद्रपुर नगरपालिकाकी सामाजिक विकास शाखा प्रमुख जीवनकला राउत लगायतको आतिथ्य रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार