मुख्य समाचार
एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत |

फोनिज झापाको अध्यक्षमा अर्जुन

देश प्रदेश डेस्क 5192+ समाचार ( )
१९ माघ २०८१, शनिबार

झापा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको अध्यक्षमा अर्जुन राजवंशी निर्वाचित भएका छन् ।

स्थापना भएको २५ वर्षपछि आदिवासी जनजाति पत्रकारहरुको छाता संगठन फोनिजको नेतृत्व आदिवासीको हातमा गएको हो । आज बिर्तामोडमा भएको फोनिजको सातौ जिल्ला अधिवेशनले अर्जुन राजवंशीको नेतृत्वमा आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा तिलक योञ्जन , सचिव सन्तोष बेघा , सहसचिव भारती राई र कोषाध्यक्षमा नरेश गुरुङ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुरेश आले मगर , रविकिरण बान्तवा , विष्णुकुल श्रेष्ठ , सुजन राई , सौरभ मुखिया‘ए’ , मिना नेम्बाङ , सुमन बेघा र डिके शेर्मा रहेका छन् ।

त्यस्तै अधिवेशनबाट ८ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन भएका छन् । दीपिन राई , गणेशमान मुखिया , भूमिका फियाक , विशाल नेम्बाङ, इन्द्रसिंह राजवंशी , आनन्द गुरुङ , दिलकुमार लावती र सुशन राई महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन् ।

फोनिजका संघीय उपाध्यक्ष कमन देवानको प्रमुख आतिथ्य तथा जिल्ला अध्यक्ष भूमिका फियाकको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिलका सदस्य गणेश पोखरेल , पत्रकार महासंघका प्रदेश सदस्य अम्बिका भण्डारी , जिल्ला अध्यक्ष एकराज गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्व. डिकमान विरही स्मृति पत्रकारिता पुरस्कारबाट विष्णु सुब्बालाईं पुरस्कृत गरिएको छ । सो पुरस्कारको राशि २५ हजार नगद रहेको छ । त्यस्तै ५ हजार राशि भएको उदीयमान पत्रकारिता पुरस्कार रविकिरण बान्तवा राई र सुजन राईलाई प्रदान गरिएको छ ।सो अवसरमा रजत वर्ष स्मारिका विमोचन गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार