मुख्य समाचार
बिर्तामोड क्षेत्रमा बढ्यो चोरी , सतर्क रहन प्रहरीको आग्रह | वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द |

विरोधपछि हटाइयो ‘श्री ५’ लेखेको शिलालेख

देश प्रदेश डेस्क 5451+ समाचार ( )
१० मंगशिर २०८०, आइतबार

झापा विरोधपछि बिर्तामोड १ स्थित इकम कलेजको प्रांगणबाट ‘श्री ५’ लेखिएको शिलालेख हटाइएको छ ।

पूर्व राजा ज्ञानेन्द्र शाहले हिजो हजारौंको उपस्थितिमा राजषी शैलीमा पृथ्वीनारायण शाहको सालिक अनावरण गर्नेक्रममा सो विवादास्पद शिलालेख राखिएको थियो । शिलालेखमा ‘ श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहको करकलमबाट बिर्तामोड नगरपालिका वडा नं १ झापामा रहेको इकम कलेजको प्रांगणमा स्थापित राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको सालिक अनावरण एवं कलेजको विधिवत समुद्घाटन कार्य सुसम्पन्न भयो । इति सम्वत् २०८० साल ०८ महिना ०९ गते रोज शुभम्’ लेखिएको थियो ।

सालिक अनावरण गर्नेक्रममा राखिएको शिलालेखको भाषामा त्रुटि भएको महसुस भएपछि त्यसलाई आजै हटाउन लगाइएको कलेजका संस्थापक अध्यक्ष एवम् सीइओ आलोक कार्की बताए । शिलालेखका बारेमा आएको विरोधलाई आफूहरुले स्वाभाविक रुपमा लिएको बताउँदै उनले पूर्व राजाको सचिवालयले लेखेर पठाएको कुराहरुलाई हतारमा सम्पादन गर्न नसक्दा त्रुटि हुन गएको स्वीकार गरे । उनले दुई–तीन दिनपछि निर्माण हुने अर्को शिलालेखमा ‘श्री ५’ को सट्टा पूर्व राजा भनेर लेखिने जानकारी दिए ।

इकम कलेजले पूर्व राजाको नाम शिलालेखमा बहालवाला राजासरह लेखेपछि विरोध भएको थियो। कलेजले राजतन्त्रकै छनक दिने गरी शिलालेख बनाएर पूर्वराजा ज्ञानेन्द्रको उपस्थितिमा उद्घाटन गरेको थियो । पूर्व राजा ज्ञानेन्द्र शाहले हिजो सालिक अनावरणसंगै इकम कलेजको समेत विधिवत उद्घाटन गरेका थिए । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले शिलालेखमा भएको त्रुटि सच्याउन कलेज प्रशासनलाई भनेपछि सो शिलालेख हटाएको जानकारी दिए । उनले हुँदै नभएको पद लेख्न नपाइने बताए ।

त्यस विषयमा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले पनि कलेज प्रशासनको ध्यानाकर्षण गराएका थिए । सालिक अनावरण कार्यक्रममा राष्ट्रिय गान ‘सयौं थुगा फुलका हामी, एउटै माला नेपाली’ समेत बजाइएको थिएन । कार्यक्रममा आयोजकले नेपाली राष्ट्रगान भन्दै स्वदेश गीत बजाएको थियो । ‘रातो र चन्द्र सूर्य’ बोलको स्वदेश गान कलेजकी छात्रा प्रेरणा ओलीले गाएकी थिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार