मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |

जनताले ०८४ को निर्वाचनमा बहुमत दिलाएर पठाउने-महामन्त्री थापा

देश प्रदेश डेस्क 5490+ समाचार ( )
३ भाद्र २०८०, आइतबार

झापा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले सरकारमा रहेको बेला राम्रो काम गरे आगामी निर्वाचनमा नजितिएलाकी भन्ने चिन्ता गर्नै नपर्ने बताएका छन् ।

नयाँ खुलेका दल र प्रमुख प्रतिपक्षी एमालेलाई अबको चार बर्ष मुलुकमा कुनै काम नहोस भन्ने लागेको तर सरकारले जनताको मन जित्ने गरी काम गर्नु पर्ने उनले सुझाव दिए ।

झापाको शिवसताक्षी नगरपालिकामा आइतबार आयोजित नेपाली कांग्रेसको  प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले अहिले चारै तिर कुशासन मात्रै भएको बेला कांग्रेसले जनपक्षिय काम गर्नुपर्ने उनले सुझाए । ‘कांग्रेसले यो अवसर नयाँ दल र एमालेलाई दिन हुदैँन,’ उनले भने । कांग्रेसले यस्तो बेलामा जन पक्षिय काम गरे नयाँ दल र एमालेको मिसन चौरासी सफल हुन नसक्ने भन्दै उनले जनपक्षिय काममा जुट्न कार्यकर्तालाई अनुरोध गरे ।

जन पक्षिय काम गरे जनताले ०८४ को निर्वाचनमा बहुमत दिलाएर पठाउने छन् । शिवसताक्षीमा पनि नेता कार्यकर्ताले जनभावना अनुसार उहाँहरूको मन र भावना जित्नुपर्ने उनले बताए ।

‘मिसन चौरासी भन्नेहरुलाई अहिलेको समयको कुनै चिन्ता नभएको उनले बताए । यो समयको जिम्मेवारी कांग्रेसले लिएर जनताको पक्षमा काम गर्नुको विकल्प छैन, उनले भने । कांग्रेस शिवसताक्षी नगर सभापति अशोक बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा महामन्त्री थापाले जनताको निराशाको ब्यापार गर्नेहरुले अहिले केहि उपलब्धी हासिल गर्न नसकेको र आगामी दिनमा पनि नेपाली कांग्रेसलाई केही प्रभाव पार्न नसक्ने उनको जिकिर थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार