मुख्य समाचार
जेनजी आन्दोलनका घाइते आमरण अनशनमा | डेटिङमा गएका नेपाली युवक र अमेरिकी युवती दिघलबैंकमा पक्राउ | पशुमा लाग्ने खोरेत रोग के हो ? कसरी बचाउने ? | कोशीमा वर्षा थपिने संकेत, केही स्थानमा भारी वर्षाको चेतावनी | कोशीमा ११ करोडको काठ थन्कियो, सरकारी मूल्यले बिक्रीमा समस्या | बिर्तामोड क्षेत्रमा बढ्यो चोरी , सतर्क रहन प्रहरीको आग्रह | वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद |

माेरङमा उखुबारीबाट ८ सय २ किलो गाँजा बरामद

देश प्रदेश डेस्क 5453+ समाचार ( )
२६ आषाढ २०८२, बिहीबार

झापा /  मोरङको उखुबारीबाट  ८ सय २ किलो गाँजा बरामद भएको छ ।

धनपालथान गाउँपालिका–१ गदिया खोलानजिकै उखुबारीमा ८ सय २ किलो गाँजा फेला परेको हो ।

 इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चोकी गडेरिया, प्रहरी चौकी अमाहिवरियाती र सशस्त्र प्रहरी बलको बीओपी नोचाबाट खटिएको संयुक्त टोलीले गाँजा बरामद गरेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।
गाँजा लुकाएर राखिएको विशेष सूचनाका आधारमा बरामद गर्न नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोली खटिएको थियो । संयुक्त टोलीले २६ वटा बोराभित्र प्याक गरेर राखेको अवस्थामा उखुबारीबाट ८ सय २ किलो गाँजा बरामद गरिएको डीएसपी चुँडालको भनाइ छ ।
अन्यत्र पनि गाँजा लुकाएर राखिएको हुनसक्ने आशंकामा खोजी तीव्र पारिएको उनले बताइन् । बरामद भएको गाँजा आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ । गाँजा कसले लुकाएको हो भनेर यकिन छैन । गाँजाको धन्दामा संलग्न भने पक्राउ परेका छैनन् । खोजी तीव्र पारिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार पूर्वी पहाडी जिल्लामा उत्पादन हुने गाँजा भारत कटाउनका लागि उखुबारीमा भण्डारण गरेर राखिएको हुनसक्ने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार