मुख्य समाचार
वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी |

बिर्तामोडका होटल साहु बस्नेत विद्यार्थीहरुलाई रक्सी बेचेकाे आराेपमा पक्राउ

देश प्रदेश डेस्क 5496+ समाचार ( )
२३ फाल्गुन २०८१, शुक्रबार

                                                                                                                साङ्केतिक तस्वीर

झापा । विद्यालयका विद्यार्थीहरुलाई रक्सी बेच्ने होटल साहुलाई प्रहरीले पक्राउ गरेको छ । ब्रदर होटलका सञ्चालक बिर्तामोड ३ बस्ने ४६ वर्षीय कुमार बस्नेतले मादक पदार्थ बिक्री गरेका थिए । विद्यालय पोशाकमा रहेका बिर्तामोड विद्यार्थीहरुलाई विद्यालय लाग्ने बेलामा कक्षा ९ मा अध्ययनरत विद्यालय पोशाकमै रहेका तीनजना छात्र र तीनजना छात्रालाई ब्रदर होटलका सञ्चालक  बस्नेतले मादक पदार्थ बिक्री गरेका थिए । मातेर एकजना विद्यार्थी सिकिस्त अबस्थामा पुगेका थिए । सो विद्यालयका एक शिक्षकका अनुसार लगातार बान्ता गरिरहेका ती विद्यार्थीलाई होटलबाट अटोमा हालेर ल्याउनु परेको थियो ।

विद्यालय परिवारले ती विद्यार्थीका अभिभावकलाई बोलाएर जिम्मा दिएको थियो भने घटनाबारे प्रहरीलाई जानकारी गराएको थियो । विद्यालयका शिक्षकमार्फत इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी प्राप्त हुनसाथ उक्त स्थानमा प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी टोली खटिएर विद्यालय पोशाकमा रहेका विद्यार्थीलाई मादक पदार्थ बिक्री गर्ने होटल साहु बस्नेतलाई नियन्त्रणमा लिएको हो ।

अभिभावकको जाहेरीका आधारमा अभद्र व्यवहार शिर्षकमा जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार