मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकृत साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर

देश प्रदेश डेस्क 5490+ समाचार ( )
२५ भाद्र २०८०, सोमबार

झापा । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इलेक्ट्रिक इन्जिनियरिङ शाखामा कार्यरत अधिकृत तेजनारायण साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रतिष्ठानको हाताभित्र भाडामा पसल सञ्चालन गरिरहेका व्यवसायीहरुसँग बिजुलीको महसुल संकलन गरी हिनामिना गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा अधिकृत साहले विभिन्न व्यवसायीबाट विद्युत महसुलबापत ३३ लाख २० हजार २२६ रुपैयाँ उठाएको र सो रकम प्रतिष्ठानको खातामा जम्मा नगरेको पाइएको आयोगका प्रवक्ता भोला दाहालले जनाएका छन ।

दाहालका अनुसार अधिकृत साहले विद्युत महसुल सम्बन्धी सर्भरको दुरुपयोग गरी गलत बिल भौचर जारी गरेकोसमेत पाइएको थियो ।

साहले सार्वजनिक सम्पत्ति हिनामिना गरेको र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि भएकाले ३३ लाख २० हजार २२६ रुपैयाँ बिगो कायम गरी कैद सजाय र जरिवाना तथा बिगोसमेत असुल उपरको माग दाबी गरी सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै