मुख्य समाचार
सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु | सुनसरी कप्तानगञ्ज घटना: उच्चस्तरीय छानबिन टोली विराटनगरमा, अनुसन्धान र बयान लिने कार्य सुरु | सुनसरी घटनाः सीडीओसहित पाँच सुरक्षा अधिकारी तानिए | अरुणोदय मावि परिसरको भवनमा शिक्षिकाको शव | नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै |

कोशीमा २८ असारको प्रतिक्षामा एमाले र माओवादी

देश प्रदेश डेस्क 5336+ समाचार ( )
२४ आषाढ २०८१, सोमबार

झापा नेपाली कांग्रेससँग गठबन्धन बनेपछि नेकपा एमालेले संघीय सरकारसँगै बागमती, लुम्बिनी र सुदूरपश्चिम सरकार छाडेको छ । कोशी र कर्णालीमा भने एमाले नेतृत्वको प्रदेश सरकारमा माओवादी केन्द्रका मन्त्रीहरु कामकाजमै छन् ।

नयाँ गठबन्धन बनेपनि तत्काल प्रदेश सरकार छाड्न माओवादी केन्द्र तयार छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ असारमा विश्वासको मत लिने भएकाले त्यस दिनसम्मको प्रतीक्षा गरिरहेको माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो बताउँछन् । ‘एमालेले केन्द्र र प्रदेश सरकार छाडेपनि २८ असारसम्म हामी पर्खन्छौं’, उनले भने, ‘केन्द्रबाट पनि हामीलाई कुनै निर्देशन आएको छैन ।’

केन्द्रमा नयाँ समीकरण बनेपछि नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेटेर अफ्ठयारो भए मार्ग प्रशस्त गरिदिने बताएको थियो । स्रोतका अनुसार मुख्यमन्त्री कार्कीले तत्काल आफूलाई कुनै समस्या नभएको र केन्द्रको निर्देशन पनि नआएको बताएका थिए ।

मुख्यमन्त्रीले अफ्ठ्यारो महसुस गरे २८ असार अघि नै सरकार छाड्ने माओवादीका नेताहरु बताउँछन् । २७ वैशाखमा माओवादी केन्द्रको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्की पनि तत्काल माओवादी केन्द्रलाई सरकारबाट निकाल्ने पक्षमा छैनन् ।

केन्द्रमा सहमतिको सरकार बनाउने गृहकार्य भइरहेका कारण प्रदेशमा पनि सहमतिको सरकार निर्माणको प्रयास गर्ने उनी बताउँछन् । ‘प्रदेशमा सहमतिको सरकार बनाउने त अभियान नै हो मेरो’, उनले भने, ‘अहिले त्यस्तो केही भएको छैन, हामी सरसल्लाह गर्दैछौं ।’

केन्द्रको निर्देशन आएपछि अघि बढ्ने उनको योजना छ । ‘म सबैसँग कुरा गरिरहेको छु, कसैले पनि हतार गर्‍या छैन, मैले हतार गर्नु पनि भएन होला,’उनले भने, ‘अन्त(अरु प्रदेशमा) हटाउने बस्ने छाड्ने के के सुरु भयो ।’

कांग्रेस र माओवादी केन्द्रसँग छलफल भइरेको बताउँदै उनले भने, ‘अब २८ गते मात्रै सबै क्लियर होला ।’

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादर आङ्बो पनि प्रदेशका बारेमा २८ असारपछि मात्रै सबै टुङ्गो लाग्ने बताउँछन् ।

‘प्रदेश सरकारलाई कसरी अघि बढाउने भन्ने मुख्यमन्त्रीमा निर्भर हुन्छ’, उनले भने, ‘उहाँलाई धेरै अफ्ठ्यारो अवस्थाबाट हामीले मुख्यमन्त्री बनाएको हो, अहिलेसम्म हाम्रो उहाँलाई साथ छ, २८ असार पछाडि घटनाक्रम कसरी अघि बढ्छ त्यही अनुसार छलफल गरेर अघि बढ्छौं ।’

कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रबाट तीन मन्त्री र एक राज्यमन्त्री छन् । भौतिक पूर्वाधार मन्त्री गणेश उप्रेती, पर्यटन वन तथा वातावरण मन्त्री नारायण बुर्जामगर र स्वास्थ्यमन्त्री राजेन्द्र कार्की छन् । बन्दना झाँगड पर्यटन वन तथा वातावरण राज्यमन्त्री छिन् । अनलाइन खबरबाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार