मुख्य समाचार
एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत |

झापा गोल्डकपको छैटौँ संस्करण फागुन १९ देखि, पुरस्कार राशिमा बृद्धि

देश प्रदेश डेस्क 5192+ समाचार ( )
९ माघ २०८०, मङ्गलबार

झापा झापा गोल्डकपको छैटौँ संस्करणको मिति सार्वजनिक गर्दै आयोजकले पुरस्कार राशि बृद्धि गरेको छ ।

यही फागुन १९ देखि २८ गतेसम्म हुने झापा गोल्डकपको पुरस्कार राशि वृद्धि गरिएको हो । विजेताले १३ लाख र उपविजेताले ७ लाख रुपैँया प्राप्त गर्ने आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको हो । पाँचौँ संस्करणमा विजेताले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख रुपैयाँ पाएका थिए ।

बिर्ताबजारको डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको विजेता, उपविजेता तथा विधागत खेलाडीले पाउने पुरस्कार यो वर्ष बढाइएको अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । पाँचौ शृङ्खलाको पुरस्कार राशिमा ५० हजार रुपैयाँ बृद्धि गरिएको उनले बताए । त्यस्तै, मस्ट भ्यालुएबल प्लेयरलाई एकथान मोटरसाइकल प्रदान गरिने महासचिव गजेन्द्र पौडेलले जानकारी दिए ।
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउने कोषाध्यक्ष केदार कार्कीले बताए ।

प्रत्येक बर्ष हुँदै आएको गोल्डकप केही बर्षदेखि नियमित हुन छाडेको थियो । गोल्डकपका अध्यक्ष बस्नेतले कोरोना संक्रमण र त्यसपछि भएको आर्थिक मन्दीका कारण गोल्डकप नियमित हुन नसकेको जानकारी दिए । अघिल्ला संस्करणमा झै यस बर्ष पनि उद्योगी व्यवसायीको साथ लिएर गोल्डकप सम्पन्न गर्ने आयोजकले जनाएको छ । तर स्थानीय सरकारले खेलक्षेत्रलाई सहयोग नगरेको बस्नेतको गुनासो छ ।

बस्नेतले यस पटक १ करोड ४० लाख रुपैंयाँ खर्च हुने अनुमान गरेको बताए । प्रतियोगिताबाट रकम बचत गरी १ करोड बढीको अक्षयकोष निर्माण गर्ने लक्ष्य रहेको उल्लेख उनले गरे ।
प्रतियोगितामा आयोजकको तर्फबाट झापा ११ फुटबल क्लबसहित नेपालका ७ र विदेशी ३ गरी १० वटा टिमको सहभागिता रहने बस्नेतले बताए । छैटौँ संस्करणको उद्घाटन समारोहमा झापा जिल्लाका एकजना पुराना फुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिने वरिष्ठ उपाध्यक्ष बलराम कार्कीले बताए ।

यो वर्ष पनि खेल सञ्चालन हुने रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिने बताइएको छ ।

काठमाडौँबाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रुपमा रहेको झापालाई फुटबल हबको रुपमा विकसित गराउन झापा गोल्डकप हुँदै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार