मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल

देश प्रदेश डेस्क 5475+ समाचार ( )
४ अशोज २०८३, आइतबार

झापा / राजनीतिक विश्लेषक तथा लेखक भरत दाहाललाई प्रहरीले आइतबार बिहान मोरङबाट पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरो, काठमाडौंको पत्र तथा पक्राउ पुर्जीका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

मोरङ प्रहरीका अनुसार दाहाललाई बेलबारी क्षेत्रबाट पक्राउ गरिएको हो। उनी मोरङमा रहेका बेला साइबर ब्युरोबाट जारी भएको पक्राउ पुर्जीका आधारमा स्थानीय प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार दाहालमाथि सामाजिक सञ्जालमार्फत विद्युतीय अपराध तथा भ्रामक सूचना फैलाएको आरोपमा अनुसन्धान भइरहेको छ।उनी पछिल्लो समय बालेन शाह सरकारका विरुद्ध सार्वजनिक रूपमा बोलिरहेका थिए । यही विषयमा साइबर ब्युरोले पक्राउ पुर्जी जारी गरेपछि उनलाई मोरङ प्रहरीले पक्राउ गरेको जनाएको छ।

मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालले साइबर ब्युरोबाट आएको पत्र र पक्राउ पुर्जीका आधारमा दाहाललाई पक्राउ गरिएको जानकारी दिएका छन्। पक्राउपछि उनलाई थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि काठमाडौंस्थित साइबर ब्युरोमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

दाहाल पछिल्लो समय नेपालको समसामयिक राजनीति, राष्ट्रियता तथा भू–राजनीतिक विषयमा आफ्ना धारणा सार्वजनिक गर्दै आएका राजनीतिक विश्लेषक तथा लेखक हुन्। उनका राजनीतिक टिप्पणी तथा लेखहरू विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक हुँदै आएका छन्।

यद्यपि, प्रहरीले दाहालले कुन सामग्री वा अभिव्यक्तिमार्फत साइबर अपराध तथा भ्रामक सूचना फैलाएको आरोपमा अनुसन्धान अघि बढाएको हो भन्ने विशिष्ट विवरण भने अहिलेसम्म सार्वजनिक गरेको छैन। त्यसैले उनीमाथि लागेको आरोपलाई अनुसन्धानको क्रममा रहेको आरोपका रूपमा बुझ्नुपर्ने हुन्छ।

दाहाललाई काठमाडौं ल्याएपछि साइबर ब्युरोले उनीविरुद्ध परेको उजुरी, सामाजिक सञ्जालमा प्रकाशित सामग्री तथा अन्य प्रमाणका आधारमा थप अनुसन्धान अघि बढाउने बताइएको छ। घटनाको विस्तृत विवरण अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीको भनाइ छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार